२ असार २०८१ आइतबार
image/svg+xml
समाज

पैसा पाउन बालकको हत्या गरेको मुख्य आरोपीको बयान

सर्लाहीको मलंगवामा अपहरणपछि हत्या गरिएको काण्डको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत आइतबार राति बालकलाई अपहरण गरेको केही घण्टामा नै हत्या गरी प्लास्टिकको बोरामा सेफ्टी ट्यांकीमा खसालेको अभियुक्तले प्रहरीसमक्ष स्वीकार गरेको छ।  

छिमेकी दीपेन्द्र ठाकुरसँग धेरै पैसा छ भनेर आफूलाई लागेको र उनको १० वर्षे छोरा आकाश ठाकुरलाई अपहरण गरेपछि फिरौती स्वरुप धेरै पैसा पाउने लोभमा आफूले बालकको अपहरण गरेको र अपहरणको केही घण्टामा नै हत्या गरेको स्थानीय कमलेश ठाकुरले प्रहरी समक्ष स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले हत्या काण्डका मुख्य आरोपी ठाकुरलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। नेपालबाट भारत तिर जान लागेका अभियुक्त ठाकुरलाई प्रहरीले नेपाल भारत सीमा नाकाको सिमरा नाकाबाट शुक्रबार अबेर राति पक्राउ गरेको हो।

यसअघि पक्राउ परेकाहरु सात जनाले बालकको अपहरण र हत्यामा ठाकुर कै मुख्य हात रहेको बयान प्रहरी समक्ष दिएका थिए। अभियुक्तहरुकै बयान र अन्य तथ्य प्रमाणको आधारमा मुख्य आरोपीमा निएका कमलेश ठाकुरले बालकको अपहरण र हत्या सम्बन्धी सबै अपराध स्वीकार गरेका छन्।

गत चैत २० गते राति करिव साढे आठ बजेको समयमा आँधी हुरी आउने मौसम रहेको बेला नै बालकलाई अपहरण गरेर घरमा ल्याएको र केही घण्टामा हत्या गरेर आफ्नै घरको पूर्व पटि बरन्डामा रहेको सेफ्टी ट्यांकीमा प्लास्टिकको बोरामा शव बाँधेर खसालेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्।

बालक अपहरण र हत्याको मुख्य कारण पैसाको लोभ नै भएको प्रहरीको भनाइ छ। बालक अपहरण र हत्याको विषयमा प्रहरीले अन्य किसिमले पनि अनुसन्धान सुरु गरिरहेको एसपि पोखरेलको भनाइ छ।

प्रकाशित: २६ चैत्र २०७८ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App