२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ। ट्रयाक्टरले मोटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।

सर्लाहीको धनकौल गाउँपालिका २ स्थित नयाँ रोड मधुवनी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गिटी लोड गरी जान्दै गरेको ना ७ त नम्बरको ट्रयाक्टरले मानपुर बिर्तातर्फ आउँदै गरको बिआर ३० क्यु ४१०२ नम्बरको भारतीय मोटरलाई ठक्कर दिँदा मोटरसाइकलमा सबार युवक गम्भीर घाइते भएका थिए।

मोटरसाइकलमा सबार सर्लाहीकै रामनगर गाउँपालिका ५ को २२ वर्षीय रमेशकुमार यादव ट्रयाक्टरको ठक्करले गम्भीर घाइते भएका थिए। यादवको छाती, कम्मर तथा दाहिने खुट्टामा चोट लागी उपचारका लागि एडभान्स संजीवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो।

बरहथवामा प्राथमिक उपचारपछि यादवलाई थप उपचारको लागि वीरगंज लगिएकोमा उपचारकै क्रममा नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगंजमा यादवको मृत्यु भएको हो। ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपि विजय यादवले जानकारी गराएका छन्।

प्रकाशित: ९ श्रावण २०७९ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App