२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

फाइल तस्बिर।

सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको  छ। जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो।  

हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालय प्रमुकाख मन्जुर अहमदले जानकारी दिए। हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्‍याएको छ। बस्तीमै हात्ती आएर क्षति पुर्‍याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।  

हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन्। स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ।

प्रकाशित: २५ भाद्र २०७९ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App