८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

छत्तीस लाख नगद र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ

स्रोत नखुलेको ठूलो परिमाणमा नगदतथा सुनको गहनासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्। सर्लाही प्रहरीले स्रोत नखुलेको नगद छत्तीस लाख रुपैयाँ र साढे उन्नाइस लाख रुपैयाँ बराबरको सुनको गहनासहित दुई जनालाई पक्राउ गरेको छ।  

सर्लाही प्रहरीको टोलीले सर्लाहीको बरहथवा नगरपालिका ११ हिरापुर ब्यारेज स्थित नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकललाई चेकजाँचगर्दा ठूलो परिमाणमा अवैध नगदतथा गरगहना फेलापारेको हो।

मोटरसाइकल चालक डोटी जिल्ला घर भई काठमाडौँको कपन १० बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र सोही मोटरसाइकलमा पछाडि बसेका भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका २ दुवाकोटका ३१ वर्षीय विशाल खत्रीको साथमा लेदरको झोलाभित्र ठूलो परिमाणमा नगद र गहना बरामद भएको हो।  

सर्लाही प्रहरीले स्रोत नखुलेको ३६ लाख रुपैयाँ नगद र दुईसय तेतीस ग्रामभन्दा बढी तौल भएको सुनको गहनाहरु सिक्री र ब्रास्लेट गरी करिब १९ लाख ५८ हजार रुपैयाँ मूल्य पर्ने सामग्रीसहित मोटरसाइकलपनि बरामद गरेको छ। बरामद नगद, सुनकागहना र मोटरसाइकलका साथै दुवै युवकलाई सर्लाही प्रहरीले आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपि विजय यादवले जानकारी गराएका छन्।

प्रकाशित: १ भाद्र २०७९ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App