२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चियामा डढुवा, थ्रिप्स र सिन्दुरेको प्रकोप

कहिले मूल्य र कहिले निर्यातको समस्या भोगिरहेका किसानलाई यो वर्ष चियाको बोटमा देखिएको रोगले चिन्तित बनाएको छ । उत्पादन झण्डै आधा घटाउने गरी चियामा मुना पिल्सिने (थ्रिप्स), सिन्दुरे र डढुवा रोग देखिएको किसानले बताएका छन् ।

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

बिचौलियाको मारमा केरा किसान

बारीबाट प्रतिकोसा तीन रुपैयाँदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले आठ रुपैयाँसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको छ।

न्यून मूल्यले अलैंची किसान निराश

पूर्वी पहाडी जिल्लाका किसान यतिबेला अलैंची टिप्न जुटेका छन् । अलैंची टिप्ने, भट्टी लगाउने (प्रशोधन) गर्ने समय सुरु भएकाले किसानलाई यतिबेला भ्याइनभ्याई छ ।

बाली जोगाउन रातभर जाग्राम

दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।

लकडाउनले चिनी बेच्न रोकेन किसानको भुक्तानी रोकियो

नवलपरासीका चिनी उद्योगले उत्पादित चिनी बेचिसके । तर त्यही चिनी बेचेपछि भुक्तानी पाउने आशामा बसेका उखु किसानको हात अहिले पनि रित्तै छ । केही किसानले त तीन वर्षदेखिको भुक्तानी पाएका छैनन् ।

बीउ आयात नहुँदा किसान समस्यामा

समयमा मल पाउन नसकेका किसान तरकारीको ब्याड राख्ने समयमा बीउ नपाउँदा समस्यामा परेका छन् । एग्रोभेटहरूमा बीउ नपाएपछि समय भइसक्दा पनि हिउँदे तरकारीको लागि ब्याड राख्न पाएका छैनन् ।

किसानको विश्वास गुमाउँदै सरकार

आफ्नै पार्टी नेतृत्वले गरेका गलत कामको आलोचना गर्ने घनश्याम भुसाल अहिले आफू कृषि मन्त्री हुँदा पनि रासायनिक मलको जोहो गर्न नसकेर आलोचित भएका छन्। मलको जोहो गर्न नसक्दा अन्ततः सरकारले किसानको जनविश्वास गुमाएको छ।

किसानको छोरा

‘मलाई पनि सामान्य विद्यालयमा पढाउनुभएको भए म पनि किसानकै छोरा भनिहाल्थेँ नि । म पढ्ने विद्यालयमा त डाक्टर, इन्जिनियर, मन्त्री जस्ता ठूलाका सन्तान छन् । अनि मलाई लाज लाग्दैन त ?’, विश्वनाथले झर्कँदै बोल्यो ।‘हेर बाबु , तिमी बाबुआमाको पेसाबाट चिनिने होइन । तिमीले त पछि आफैले काम गरेर चिनाउने हो । त्यसमाथि खेतीपाती नगरी अन्न कहाँबाट आउँछ, भन त ?’

किसानलाई प्राथमिकता

अहिलेको विश्वमा कुनै पनि मुलुक सबै क्षेत्रमा आत्मनिर्भर बन्न सक्दैन। तर, राज्य आफैँले घोषणा गरेको मुख्य क्षेत्रमा नै परनिर्भर हुनु भने कम्ती लाजमर्दो विषय होइन।

किसानलाई जहिल्यै मलकै पिरलो

कोरोना संक्रमणका कारण यातायात सेवा ठप्प हुँदा बाँके, बर्दियासम्म पुगेर मल आयात गर्न सकिने अवस्था छैन। महिना दिनसम्म मलको जोहो गर्न बजार दौडधुप गरिरहेका छन् उनी। तर जहाँ पुगे पनि एउटै जवाफ पाइन्छ, ‘मल छँदै छैन, कसरी दिनु ?’ अहिले धानले मल खोजिरहेको छ।

किसानलाई जहिल्यै मलकै पिरलो

घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका टेकवहादुर चौधरी गत वर्ष रासायनीक मलको जोहो गर्न बर्दिया सम्म पुगे। दाङमा मलको अभाव भएपछि आफन्तको सम्पर्कका आधारमा बर्दिया पुगेका उनले गत बर्षको धान खेती सपार्न जेनतेन मलको जोहो गर्न भ्याए। यो वर्ष पनि मलको अभाव उस्तै छ। नत कोरोना संक्रमणका कारण ठप्प यातायात सेवाका कारण बाँके बर्दिया सम्म पुगेर मल आयात गर्न सकिने अवस्था नै छ।

सम्झनामा भीमदत्त

किसान राज भीमदत्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उनको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गरेका थिए किसान आन्दोलन । ग्रामीण किसानलाई सङ्गठित गर्नु, अन्यायका विरुद्ध सङ्घर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका पक्षमा जागरण ल्याउनु उनको अभियान थियो ।

कोरोना प्रभावित धनकुटाका किसानलाई राहत उपलब्ध

मन्त्रालयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटा मार्फत एक करोड ५३ लाख ७१ हजार चार सय ५१ रुपैयाँ बराबरको राहत रकम हस्तान्तरण गरेको हो ।

कोरोना कहरमा मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

महिना दिन अघि देखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो । ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीमा पुग्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्