७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना प्रभावित धनकुटाका किसानलाई राहत उपलब्ध

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले कोरोना भाईरसबाट प्रभावित धनकुटाका किसानलाई राहत उपलब्ध गराएको छ ।  

मन्त्रालयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटा मार्फत एक करोड ५३ लाख  ७१ हजार चार सय ५१ रुपैयाँ बराबरको राहत रकम हस्तान्तरण गरेको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले किसानहरूलाई उक्त रकम हस्तानतरण गरेका थिए ।

लकडाउनका कारण तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम  तथा कृषि तथा पशुपन्छिजन्य उत्पादनको बजारीकरण मा अवरोध भई किसान, उद्योगी तथा व्यवसायीहरूको क्षती न्युनीकरण गर्न उक्त राहत रकम उपलब्ध गाराइएको भूमी व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले बताए । समन्वय समितिका संयोजक टंक चौहानको अन्यक्षतामा भएको उक्त कार्यक्रममा धनकुटाका प्रदेश सभा सदस्यहरू, धनकुटाका स्थानिय तहका प्रमुख तथा अध्यक्ष तथा किसानहरूको सहभागिता रहेको थियो । मन्त्रालयले तेह्रथुम जिल्लामा समेत किसानलाई राहत वितरण गरेको जनाएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App