१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार सुरु

कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो।

बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई

लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ।

चक्रपथमा बुधबारदेखि बिजुली बस गुड्ने

सुन्दर यातायात प्रालिका बिजुली बस बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा गुड्ने भएका छन्। प्रालिले ल्याएका विद्युतीय बस सेवाको सोमबार उद्घाटन गरिएको छ।

मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

सघन सहरी विकास कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकामा चक्रपथ निर्माण भइरहेको छ। जसअन्तर्गत धनगढी उपमहानगरपालिका–३ मा निर्माण गरिएको ८ दशमलब ९ किलोमिटर बाह्य चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ।

चक्रपथ सरसफाइको सय साता

उपत्यकाको चक्रपथ क्षेत्रमा सरसफाई अभियान चलाउँदै आएको ‘चक्रपथ सफाइ अभियान’ले औपचारिक रुपमा सरसफाइ थालेको सय साता पुरा गरेको छ। सय सातामा गरिएको सरसफाइका क्रममा २ सय ७८ ट्रक फोहर उठाइएको अभियानले जनाएको छ।

विराटनगर चक्रपथ अलपत्र

विराटनगर महानगरपालिका र आसपासका गाउँपालिकालाई समेटेर नयाँ सहर निर्माण गर्ने योजनाका साथ सुरू भएको चक्रपथसहितको जग्गा विकास (ल्याण्ड पुलिङ) आयोजना अलपत्र परेको छ।

उपत्यकाका ६ स्थानमा आकाशे पुल निर्माण असारसम्म सकिने

चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप ६ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

सरसफाई अभियानलाई संघसस्थाको साथ

काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाइ तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन शनिबार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए।

१७ अर्ब लगानीमा पोखरा चक्रपथ निर्माण प्रस्ताव

सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ।

‘मन सफा भए पो सहर सफा हुन्छ ’

‘सहर जति सफा गर्‍यो त्यति नै फोहर बन्दै गएको छ। सहरवासीको मन सफा नभएसम्म सहर जति सफा गरेपछि हुँदैन। यसबारे सबैले सोच्नुपर्छ। अनिमात्रै सहर व्यवस्थित र सफा बन्न सक्छ।’

मोनोरेल कि मेट्रोरेल ?

उपत्यकाको चक्रपथ (रिङरोड)मा मोनोरेल सञ्चालन गर्ने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन पुस ४ गते चिनियाँ एक कम्पनीसँग सम्झौता गर्यो। यो सम्झौताले ठूलो उपलब्धि हासिल गर्यौ भन्ने महानगरपालिकालाई लागेको छ। मोनोरेलमा यात्रा गर्न पाइने भयो भनेर सर्वसाधारण मख्ख छन्।

अलपत्र चक्रपथ

हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्।

बुटवल उपमहानगरमा चक्रपथ निर्माण हुने

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा चक्रपथ निर्माण प्रक्रिया सुरु भएको छ। दिनप्रतिदिन जनघनत्व बढ्न थालेपछि बुटवल उपमहानगरले १९ वटै वडामा नगरबस सञ्चालन गर्ने गरी चक्रपथ निर्माण थालेको हो।

चक्रपथमा पैदलयात्रु असुरक्षित भएको आरोप

निर्माणाधीन कलंकी–कोटेश्वर चक्रपथ सडकमा पैदलयात्रु असुरक्षित भएको सडक सुरक्षा अभियन्ताले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्