२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बुटवल उपमहानगरमा चक्रपथ निर्माण हुने

रुपन्देही - प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा चक्रपथ निर्माण प्रक्रिया सुरु भएको छ। दिनप्रतिदिन जनघनत्व बढ्न थालेपछि बुटवल उपमहानगरले १९ वटै वडामा नगरबस सञ्चालन गर्ने गरी चक्रपथ निर्माण थालेको हो।

उपमहानगरको नगर यातायात गुरुयोजना अनुसार ५ बर्षमा सक्ने गरी चक्रपथ निर्माण थालिएको हो। दुई बर्षअघिदेखि नै बुटवल उपमहानगमा चक्रपथ निर्माणको प्रकृया सुरु भइसकेको छ। अबको तीन बर्षभित्रमा सक्ने गरी उपमहानगरले करिव ४० किलोमिटरको चक्रपथ बनाउन थालेको बुटवल उपमहानगरले जनाएको छ। यहाँका आम नागरिकलाई सहज यातायात सेवा दिने उद्देश्यले चक्रपथ निर्माण गर्न लागिएको हो। 

स्थानीय तहमा जनप्रतिनिधि नआउँदै नगर यातायात गुरुयोजना निर्माण भएको थियो। गुरुयोजना अनुसार नै जनप्रतिनिधि निर्वाचित भएपछि चक्रपथ निर्माणलाई तिव्रता दिएको बुटवल उपमहानगर योजना महाशाखाले जनाएको छ। बुटवल गोलपार्क पूरानो नाङ्गलोबाट ज्योतीनगर, लक्ष्मीनगर आदर्शनगर, चन्द्रनगर हिलपार्कको कुना हुँदै रामनगर आर्मी जेवि पार्कबाट पूर्व राजमार्गमा मिसाउने गरि योजना बनेको छ। राजमार्ग चौराहा स्थित तालिम केन्द्रको छेउबाट जोगिकुटीतर्फ सडक मोडिनेछ। जोगिकुटीबाट सिमा सडक हुँदै मगरघाट बेथानी हुँदै हरिहरपुर तर्फ सडक जोडिने छ। त्यहाँबाट मनोहरापुर, विनयपुर, हिरापुर, नरेनापुर, ढहरगाउँ, सोरहीया समेलार हुँदै नयाँगाउँ जोड्ने योजना रहेको बुटवल उपमहानगरका इञ्जिनियर रुक्माङगत बस्यालले बताए। उनका अनुसार नयाँगाउँबाट पूर्व पश्चिम राजमार्ग हुँदै सैनिकपथ हुँदै सुन्तलीचोक, बदेलपोखरीसम्म जानेछ। त्यहाँबाट नुवाकोट जितगढीको नयाँ ट्रयाकबाट पुन हाईवे हुँदै पाखापानीचोकबाट बुटवल हाईस्कूल तर्फ सडक मोडिने छ। त्यहाँबाट पुलचोक, बम्घाटचोक हुँदै गोलपार्क स्थित पूरानो नाङलोमा जोडेर चक्रपथको सर्कल बनाइने छ। बुटवलका टुक्रा टुक्रा सडक जोडेर चक्रपथ बनाउन लागिएको इञ्जिनियर बस्यालले बताए। उनले प्राविधिक रुपमा संरचना तयार भएकाले अब बजेट अनुसार काम अगाडि बढ्ने बताए।

नगर प्रमुख शिवराज सुवेदीले बुटवलबासीलाई सजिलो हुने गरि उपमहानगरले योजना अघि सारेको बताए। उनले २५ बर्षे गुरुयोजना र ५ बर्षे आवधिक योजना निर्माण गरेर उपमहानगर योजनाबद्ध विकासमा जुटेको बताए।

 

 

प्रकाशित: २० मंसिर २०७५ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App