३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपालगन्जमा चक्रपथ निर्माण अवरुद्ध

स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ (रिङरोड) निर्माण योजनालाई पूर्णता दिने विषयलाई जोडतोडका साथ उठाएका थिए । सोही अनुरुप नेपालगन्जवासीले चक्रपथ निर्माण पूरा हुने आशा राखेका थिए । तर, चक्रपथ निर्माण कार्यलाई पूर्णता दिने सम्भावना भने तत्काललाई टरेको छ।

गोल्डेन चक्रपथ निर्माण सुरु

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडमा गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको छ । साबिकको नौ वडालाई सडकका माध्यमबाट जोड्ने उदेश्यले गोल्डेन चक्रपथ निर्माण कार्य सुरु गरिएको हो । बुवासुङको दायाँबाट बायाँतर्फ घुम्ने २२ किलोमिटर सडक दोर्पाचिउरीडाँडाको सिंगाने, लामीडाँडा,दुधिले, खावाडाँडा, नास्तुमदेखि खिरिम्तुमछाप, कामीडाँडा, दोबेला, ढल्केबर र पञ्चमी जोड्ने वडा अध्यक्ष लिला चौहानले बताए ।

निर्वाचनलगत्तै बाहिरी चक्रपथको शिलान्यास

डेढ दशकदेखि चर्चामा रहेको बाहिरी चक्रपथको शिलान्यास मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै हुने भएको छ। बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव शहरी विकास मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्‌मा पेश गरेकाले केही दिनभित्रै पारित हुनेछ।

चक्रपथ बाहिर पुग्दैन मेलम्ची

मेलम्चीबाट आएको पानी चक्रपथबाहिरका स्थानमा त पुग्दैन नै । चक्रपथभित्रैका पनि तीन भागमध्ये एक भागमा मात्रै घरघरमा पानी पुग्छ ।

चक्रपथ चौडा पार्ने काममा तीव्रता

सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ। उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन्।

चक्रपथ सफाई अभियान सुरु

बागमती नदी सफाई अभियान जस्तै शनिबारदेखि काठमाडौंको चक्रपथ सफाई अभियान पनि सुरु गरिएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु गरिएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु गरिएको हो ।

यस्तो बन्दैछ बाहिरी चक्रपथ

जग्गा एकीकरणमार्फत निर्माण अघि बढाउन सरकारले प्रारम्भिक काम सुरु गरेसँगै अब बाहिरी चक्रपथ निर्माण हुने सुनिश्चित भएको छ।

चक्रपथ सफा गर्नेको सङ्ख्या बढ्यो

चक्रपथ क्षेत्रको सरसफाइका लागि चलाइएको अभियानमा हजारौं व्यक्तिको सहभागिता भएको छ। चक्रपथ सफाइ अभियानको क्रममा आज सञ्चालन गरिएको अभियानमा करिब १८ टन फोहर सङ्कलन गरिएको छ।

भरतपुर मेयर उम्मेदवारका अजेन्डा : नारायणीमा थप पुल र चक्रपथ

निर्वाचन जितेपछि भरतपुर महानगरपालिकालाई कस्तो बनाउने योजना छ? मेयर–उपमेयर पदका सबै प्रतिस्पर्धीको उस्तै जबाफ छ, 'नारायणी नदीमा थप पुल र चक्रपथ बनाउनैपर्नेछ।'

बन्ने भयो बाहिरी चक्रपथ

डेढ दशकदेखि कागजमा सीमित बाहिरी चक्रपथ निर्माण कार्य अघि बढ्ने भएको छ । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथअन्तर्गत ६.६ किलोमिटर सतुंगल–गाम्चा–चोभार खण्डको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बुधबार स्वीकृत गरेसँगै निर्माण कार्य अघि बढ्न लागेको हो ।

बाहिरी चक्रपथको संशोधित डिपिआर मन्त्रालयमा

काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको संसोधित विस्तृत परियोजना रिपोर्ट (डिपिआर) सहरी विकास मन्त्रालयमा पेश गरेको छ। प्राधिकरणले बाहिरी चक्रपथले ओगट्ने क्षेत्रफल, चार किल्ला खुलेको नक्सालगायत आर्थिक तथा प्राविधिक विषय खुलाएर मंगलबार डिपिआर पेश गरेको हो।

कहाँ पुग्यो बाहिरी चक्रपथको काम ?

सरकारले डेढ दशकपहिले परिकल्पना गरेको बाहिरी चक्रपथ बन्ने अझै कुनै सुरसार छैन। राष्ट्रिय गौरवको आयोजना भन्दै ०६० मा बाहिरी चक्रपथको कल्पना गरिएको थियो तर विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बन्नुबाहेक अरु काम कागजमै सीमित छ।

चक्रपथभित्रै तत्कालै पाइपलाइन नबिछ्याइने

चक्रपथभित्रका केही ठाउँमा मेलम्ची खानेपानी वितरणका लागि तत्कालै नयाँ सञ्जाल नबन्ने भएको छ। बजेट अभावमा पाइपलाइन बिछ्याउन समस्या भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

१७ किलोमिटर चक्रपथ विस्तारमा अन्यौलता

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पञ्चवर्षीय योजना अन्तर्गत (२०७३–२०७८) सम्म चक्रपथ सडकखण्ड निर्माणसम्पन्न गर्ने लक्ष्य राखेपनि सडक निर्माणको अझैसम्म सुरसारै भएको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्