३ आश्विन २०८१ बिहीबार
image/svg+xml

चक्रपथभित्र नयाँ ट्राफिक नियम

काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम घटाउन यातायात व्यवस्था विभागले चक्रपथ (रिङरोड)भित्र नयाँ ट्राफिक नियम लागू गर्ने तयारी गरेको छ। नयाँ नियमअनुसार विद्यार्थी बोक्ने सवारीसाधन बिहान ९ बजे विद्यालय पुगिसक्नुपर्ने हुन्छ।

जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने मुखर्जीको घोषणा

जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका छन् ।

प्रमुख नहुँदा चक्रपथ सुधार आयोजना अलपत्र

एक महिनादेखि कार्यालय प्रमुख नहुँदा चक्रपथ सडक सुधार आयोजना अलपत्र परेको छ। प्रमुख नहुँदा आयोजनाका सबै काम कारबाही सुस्त भएपछि चक्रपथ सुधार समयमै नहुने सम्भावना बढेको छ।

सम्भव छ बाहिरी चक्रपथ?

गणतन्त्र नेपालको राजधानी क्षेत्रको समग्र विकासका लागि अपरिहार्य अवस्थाका रूपमा हृदयङ्गम गरेर राज्यले उच्च प्राथमिकतामा राखी बाहिरी चक्रपथको कार्य अगाडि बढाउनुपर्छ। अनि मात्र काठमाडौं उपत्यकाको मुहार फेर्न सकिन्छ।

चक्रपथ विस्तारमा निजी कम्पनीको अवरोध

सडक विभागको सहमतिबिना विभिन्न ठाउँमा अकासे पुल बनाएको एक निजी कम्पनीले चक्रपथ विस्तारको काममा अवरोध गर्दै क्षतिपूर्तिसमेत दाबी गरेको छ । चाहेको अवस्थामा भत्काउन सक्ने गरी कलंकी, गोंगबु, माछापोखरी लगायत ५ ठाउँमा पुल निर्माणको काम दिइए पनि अहिले भत्काएबापत क्षतिपूर्ति दिनुपर्ने भन्दै कम्पनीले अवरोध गरेको हो ।

बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल खण्ड निर्माण हुने

काठमाडौं– बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

चक्रपथ विस्तारमा अवरोध

निर्माणकै क्रममा विवाद भईरहँदा पनि अटेर गरेर बनाईएको कलंकी चोकको आकाशे पुल भत्काइने भएको छ। काठमाडौं चक्रपथ सुधार आयोजनाले सडक विस्तार गरी चौडा बनाउन अवरोध गरेको भन्दै भत्काउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्