४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फास्ट ट्रयाकको शिलन्यास गर्दै प्रधानमन्त्रीले भने: हिमाल,पहाड र तराई जोड्दै छौं

प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सरकारले देशलाई जोडने कामलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनमा लागेको बताएका छन।

तराईमा स्थानीय तहको संख्या घट्छ

स्थानीय तहको पहिलो चरणको चुनावपछि मुलुकको ध्यान दोस्रो चरणको चुनावमा छ । यसै सन्दर्भमा गत बिहीबार बसेको क्याबिनेट बैठकले उपप्रधानमन्त्री विजय गच्छदारको अध्यक्षतामा तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको समयावधि पाँच दिनको छ । छिटफुट घटनाबाहेक मुलुकको ५१ प्रतिशत भूभागमा भर्खरै चुनाव सम्पन्न भइसकेको छ । करिव ४० प्रतिशत बासिन्दा रहेका यस भूभागमा स्थानीय तहको संख्या बढाउन नपर्ने अनि बाँकी भूभागमा बढाउनैपर्ने यो कत्तिको न्यायोचित तथा व्यावहारिक छ ? कानुनी तथा राजनीतिकरूपमा यो बहस तथा छलफलको विषय होला तर प्राविधिकरूपमा स्थानीय तहको जनसांख्यिक तथा भौगोलिक वस्तुस्थितिको विश्लेषण हुनु आवश्यक छ ।

‘हिमाल, पहाड र तराई’ जोड्ने उद्‍घोष

तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले बिहीबार पार्टी एकीकरण गरी राष्ट्रिय जनता पार्टी घोषणा गरेका छन्।

गच्छदारको पार्टीसँग थरुहट तराई पार्टी एकीकृत

तराई केन्द्रित दलहरु एकीकरणको लहर चलिरहेका बेला विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी एकीकरण हुने भएका छन्। एक महिना नबित्दै गच्छदार नेतृत्वको पार्टी तेस्रो पार्टीसँग एकीकरण हुन लागेको हो।

तराईमा जुडशीतल पर्व मनाइँदै

तराई–मधेशसका जिल्लामा आज(शनिबार) जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन छ ।

चिचिलो आँपको अचार र सातु खाएर तराईमा नयाँ वर्ष मनाइँदै

नयाँ वर्ष २०७४ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ।

तराई–मधेस द्वन्द्वको प्रभाव

मधेसमा रहेका गरिबी, जातीय, वर्गीय, लैंगिक विभेद अन्त्यको सुरुवात स्थानीय तहको निर्वाचनबाट हुने हुँदा सामन्ती प्रवृत्तिका मधेसी नेताहरूका लागि यो आफ्नो राजनीतिक भविष्य अन्त्यको सुरुवात हुने हुँदा उनीहरू जसरी पनि यो निर्वाचन रोक्न लागिपरेको देखिन्छ।

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ। हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

भूमिगत जलबाट तराई सिँचित गरिँदै

अन्न भण्डारको रुपमा परिचित तराई–मधेसमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाउन सरकारले 'समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम' कार्यान्वयन सुरु गरेको छ। पर्याप्त पानीको व्यवस्था नहुँदा उत्पादन वृद्धि हुन नसकेपछि तराईका २२ जिल्ला र भित्री मधेस गरी करिब ३७ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्न लागेको हो।

प्रधानसेनापति क्षत्री तराईको अवस्था बुझ्न धनुषामा

सप्तरी घटनापछि पहिलो पटक प्रधानसेनापति राजेन्द्र क्षत्री सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमणमा निस्किएका छन्।

थरुहट छुट्टै र तराईमधेसमा दुई प्रदेश

संविधान संशोधन विधेयकमा समग्र तराईमधेसमा दुई प्रदेश हुनुपर्ने, थरुहट थपेर आठ प्रदेश बनाउनुपर्ने, पाँच नम्बर प्रदेश अखण्ड हुनुपर्ने र कुनै पनि सिमाना परिवर्तन गर्न नमिल्नेलगायतका संशोधन प्रस्ताव दर्ता भएका छन्।

तराई मधेशमा दुई प्रदेश माग गर्दै संशोधन दर्ता

तराई–मधेसमा दुई प्रदेश हुनु पर्ने भन्दै मधेसी मोर्चा सम्वद्ध दलले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

आन्दोलन छोडेर गाइपालनमा तराईका युवा, आइक्रिम उद्योग खोल्ने योजना

पर्साको बहुअर्वा भाठा –६, गर्दौलका मनोजकुमार ठाकुर गाउँका युवाहरुका लागि प्रेरणा बनेका छन् । १२ वर्ष स्याङजाको क्याकनीमा निम्न माध्यमिक विद्यालयमा शिक्षकको रुपमा काम गरेका ठाकुर ३ वर्षदेखि गाउँमै गरेको व्यवसायिक गाई पालनमा रमाएका छन्।

नयाँ शक्ति र थरूहट तराई पार्टी लोकतान्त्रिकबीच एकीकरण, नयाँ शक्ति पनि अब संसद्मा

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र गंगा चौधरीले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)बीच सोमबार एकीकरण भएको छ।

गंगा चौधरी नेतृत्वको थरुहट तराई नयाँ शक्तिमा विलय हुँदै

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) विलय हुने भएको छ। नयाँ शक्तिसँग एकीकरण गर्न सोमबार थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) ले बैठक बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्