४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तराईमा झरी, हिउँदे बालिलाई नोक्सानी, गहुँलाई फाइदा

लामो समयदेखी घेरेको बादल अन्ततः शुक्रवार पानी बनि झरेको छ। मध्यतराईका किसानहरुमा कसैको लागि यो माघेझरी हर्ष लिएर आएको छ भने कसैको लागि बिस्मात। सानोसानो बिराम लिँदै दिनभरी शुक्रबार परेको पानीपछि अब आकाश खुल्ने अनुमान गरिएको छ।

तराई रणनीति बनाउँदै एमाले

चुनाव पूर्व तराई-मधेशमा अभियान सञ्चालनको रणनीति तय गर्नका लागि नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।

विकासको अभावले तराईमा असन्तुष्ष्टि: मन्त्री लेखक

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले विकासमा पछाडी परेकोले पनि तराई मधेसमा असन्तोष ब्याप्त रहेको बताएका छन्। उनले यहाँको विकासको लागि बेग्लाबेग्लै योजनामार्फत सरकारले सडक सञ्जाल विस्तारमा जोड दिनु पर्ने बताए।

फोक्सिङटारमा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात सुरु

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज आजदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ ।

थरुहट तराई पार्टीबाट किन निकालिइन सांसद गंगा चौधरी ?

थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काषन गरेको छ। पटक पटक सचेत गराउँदा पनि अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको पाइएपछि पार्टीले निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

पूर्वी तराई मधेसमा जाडो बढ्यो, जनजीवन कष्टकर

मौसम परिवर्तन भएसँगै तीन/चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ ।

तराई-पहाडको दूरी

मधेसीहरुको बाहुल्य भएका राज्यमा आफ्नो बोलवाला रहने भएकाले सदैव काठमाडौँसँग लेनदेन गर्न सकिने मधेसी नेताहरुको ठहरले वर्तमानको सीमांकन तोकिएको बुझ्न कठिन रहेन। तर, वर्तमान सीमा पुनर्लेखनले मधेसी जनतामा कुनै पनि ऊर्जा दिएको देखिन्न।

तराई अलग पार्दै प्रदेश टुक्र्याइए आन्दोलनको चेतावनी

सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्र्याएर ४ र ६ प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने तयारी गरेको भन्दै ५ नम्बर प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्। आफूहरूलाई हालको ५ नम्बर प्रदेशमै राखिनुपर्ने माग गर्दै पाँचवटा पहाडी जिल्ला आन्दोलित बनेका हुन्।

तराईमा विग्रहको बीउ

नेपाल ३ हजार वर्षपहिलेदेखि नै तराई, पहाड र हिमाल एकात्मना भएको राष्ट्र हो। पछिल्ला ५० वर्षभित्र आप्रवासन गर्नेहरुले शक्तिशाली छिमेकीको साथ लिएर जुन माग अगाडि सारिराखेका छन् त्यो नेपाललाई कमजोर बनाउने रणनीति होइन भन्ने आधार के?

काँग्रेस नेता पौडेल मध्यतराईको भ्रमणमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली काँगे्रसले अग्रसरता लिने बताएका छन्। पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताए।

तराईमा हिन्दी कामकाजी भाषा मान्य छैनः ज्ञवाली

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेसलाई विभाजन गर्ने गरी संविधानमा कुनै संशोधन हुन नसक्ने बताएका छन्।

तराई झरे एमाले नेता

मधेसी दलका नेताले मधेस विरोधी भन्दै प्रचार गरिरहेका बेला एमालेका नेताहरु मधेस झरेका छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाले एमालेलाई मधेस विरोधी पार्टीका निसाना बनाउँदै आएका थिए। एमालेले संविधान कार्यान्वयनका लागि देशव्यापी रुपमा सुरु गर्ने चार महिने अभियान मधेसमा जनकपुरबाट सुरु गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

थरुहट तराई पार्टी नेपालको महाधिवेशन चैतमा हुने

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ।

भारतीय स्वार्थ र तराईका माग

मोरङ र सुनसरीमा पूर्वी पहाड पस्ने नाका छन्। कर्णाली र महाकालीमा पश्चिम पहाड पस्ने नाका छन्। उत्तर–दक्षिण राजमार्ग छन्। यी जिल्ला तराईमा पर्नासाथ नाकाबन्दीको चारौँ खेप बेहोर्न हामी तयार हुनुपर्छ।

तराईको समृद्धिमा हुलाकीको भाँजो

तत्कालीन राजा महेन्द्रको पालादेखि कैयौंपटक शिलान्यास र औपचारिक घोषणा भएको हुलाकी राजमार्ग निर्माणले अझै गति लिन सकेको छैन। हुलाकी शिलान्यासपछि अवधारणा तयार भएको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग सञ्चालनमा आएको चार दशक बितिसक्दा पनि हुलाकी भने राजनीतिक भाषणमै सीमित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्