११ मंसिर २०८१ मंगलबार
image/svg+xml

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबीसहितका उजुरी परेका छन्।

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

श्रीमती हराएको भन्दै प्रहरीलाई खवर गरी खोजीनीति गराउने व्यक्ति नै हत्यारा भएको खुलेको छ। फिदिम नगरपालिका– ३ सिलौटीका ६१ बर्षीय डिक बहादुर सुनवार श्रीमतीको हत्या गरी पुरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले ४२ बर्षीय श्रीमती गंगामाया सुनवारको डिक बहादुरले नै हत्या गरेर पुरेको रहस्य १५ दिनपछि खुलेको हो।

उजुरी छिन्दै न्यायिक समिति

यसै साता गोठिचौर ४ बस्ने लाले कामीले २ किस्तामा भुक्तानी गर्ने भनि लिएको रकम फिर्ता नगरेको भन्दै देउती आमा समूहले गोठिचौर गाउँपालिका स्थित न्यायिक समिति समक्ष उजुरी हाल्यो। तत्काल रकम उपलब्ध गराई आमा समूहको उन्नती प्रगतिमा सहयोग गर्न भन्दै उजुरी दिएको थियोे। उजुरीको मिसल अध्ययनको लागि कानुनी सल्लाहकार देवेन्द्रराज शर्मालाई पठाईसकिएको न्याय समितिका संयोजक जानदेवी ऐडीले जानकारी दिईन।

दुईवटा नागरिकता लिएको आरोपमा गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी

रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्री विरुद्ध दुईवटा नागरिकता लिएको आरोप लगाउँदै छानविन माग गरिएको छ।

‘ससुरा’ले जबजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी

वीरगन्जका एक जना अधिवक्ता मन्सुरबाबु सिद्दकी कि धर्मबुहारीले आफुउपर उनले पटक पटक बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन्। सिद्दकीले धर्म परिवर्तन गराई हिन्दुबाट मुस्लिम बनाउदै धर्म छोरा बनाएका वीरगन्ज १३ राधेमाई बस्ने २८ बर्षे युवककी श्रीमती रहेकी १८ बर्षे किशोरीले जबरजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई जाहेरी गरेकी छिन्।

हुलाक सेवा विभाग टेन्डर प्रकरण, अख्तियार र सतर्कता केन्द्रमा उजुरी

हुलाक सेवा विभागको ५० लाख रुपैयाँको टेन्डर आफूलाई पार्न गुन्डा प्रयोग गरी अन्य प्रतिस्पर्धीलाई टेन्डर दर्तामा अवरोध पु¥याएको र कुटपिट गरेको भन्दै छानबिन माग राखेर कृष्ण कर्पोरेसन प्रालिविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा जाहेरी दर्ता भएको छ ।

बेपत्तासम्बन्धी उजुरीमाथि प्रारम्भिक छानबिन, ८० प्रतिशतमा राज्य दोषी

द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

गोरखा निर्वाचन क्षेत्र १ ख का उमेद्धवार राजेन्द्र बजगाईले हेलिकप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

बागी उम्मेदवार बनेका जोशीविरुद्ध पौडेलको उजुरी

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना विरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी दिएका छन्।

गृहमन्त्री शर्मा विरुद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री जनार्दन शर्मा विरुद्ध उजुरी दर्ता गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।

वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधवार मनोनयनपत्र दर्ता गराएका विभिन्न उपमहानरपालिका र नगरपालिकाका चारजना वडाअध्यक्षका उम्मेदवारमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

वडा अध्यक्षका चार उम्मेदवारमाथि उजुरी

असोज २ हुन लागेको तेश्रो चरणको स्थानीय तहको बुधवार मनोनयन पत्र दर्ता गराएका विभिन्न उपमहानरपालिका र नगरपालिकाका चार जना वडा अध्यक्षहरु माथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

महाप्रबन्धक शर्माविरुद्ध अर्काे उजुरी

साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुक्रबार अर्काे उजुरी दर्ता भएको छ।

शिक्षकद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दो

असार १४ गते हुने लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा कार्यरत शिक्षकले आचार संहिता विपरीत कार्य गरेको उजुरी दिने क्रम बढ्दो छ।

कृषि विश्वविद्यालयमा बेथिति : सतर्कता केन्द्रमा उजुरी

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथिति भएको दाबीसहित छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। नेतृत्वको गैरजिम्मेवारीका कारण विश्वविद्यालयमा बेथिति बढेको उजुरी हटलाइनमार्फत दर्ता भएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्