४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री शर्मा विरुद्ध उजुरी

फाइल फोटो

रुकुम – निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री जनार्दन शर्मा विरुद्ध उजुरी दर्ता गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।

पूर्वी रुकुममा जिल्ला स्तरीय सरकारी कार्यालय उद्घाटको क्रममा गृहमन्त्री शर्माले सरकारी सम्पत्ती प्रयोग गर्दै भोट मागेको नेपाली कांग्रेसले उजुरीमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले नेपाली कांग्रेसको नेतृत्वमा रुकुमकोटबाट मुसीकोटमा सदरमुकाम लुटेर लिएको अभिव्यक्ति दिएको कांग्रेसको आरोप छ।

‘अहिले निर्वाचन आचार संहिता लागेको छ’ नेपाली कांग्रेसका पूर्वी जिल्ला सभापति मानबहादुर नेपालीले भने, ‘बहालवाला मन्त्री नेपालीको सेनाको हेलिकप्टेरमा सुरक्षा निकायका प्रमुख, गृहसचिव, प्रशासकहरूलाई ल्याई उनले भोट मागिरहेका छन् ।’ शर्माले शक्तिको दुरुपयोग गरी कांग्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको र भोग मागेको उनले जनाए।

साथै उक्त उजुरीको प्रधानमन्त्री कार्यालय, निर्वाचन कार्यालय नेपालमा बोधार्थ पेश गरिएको छ । यस्तो कार्यलाई निर्वाचन कार्यालयले गम्भीरताका साथ लिनु पर्ने कांग्रेसको भनाई छ । गृहमन्त्री शर्मा विरुद्ध उनी उर्जा मन्त्री हुँदा स्थानीय तहको चुनावमा आचारसंहिता विपरित काम गरेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले उजुरी दर्ता गराएका थिए।

प्रकाशित: २१ आश्विन २०७४ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App