८ वैशाख २०८१ शनिबार
राजनीति

बागी उम्मेदवार बनेका जोशीविरुद्ध पौडेलको उजुरी

काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना विरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी दिएका छन्।
पौडेलले शुक्रबार तनहुँ निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दायर गरेका हुन्। आफ्नो विरुद्ध उम्मेदवार बनेका जोशी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भैसकेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन  २०७४ को दफा १३ घ अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने पौडेलको माग छ।
विशेष अदालतले २०७४ साउन १० गते जोशीलाई दोषी ठहर गरेको थियो।
कांग्रेस नेता तथा पूर्वमन्त्री जोशी तनहुँ १ मा पौडेललाई टिकट दिइएपछि रुष्ट हुँदै बागी उम्मेदवार बनेका थिए।

 

 

प्रकाशित: १७ कार्तिक २०७४ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App