११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपालमा साइबर अपराध बढ्यो, ५६० उजुरी दर्ता

महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ।

एक सय ८० राहदानी संकलन गर्ने ठगविरुद्ध ८७ को उजुरी

वैदेशिक रोजगारका नाममा भै रहेको लुटपाटको एउटा नमुना प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले एकै एजेन्टका साथबाट तीन भारतीय सहित एक सय ८० थान राहदानी बरामद गरेपछि वैदेशिक रोजगारीका नाममा भै रहेको कालो धन्दा बाहिर आएको हो।

न्यायाधीशविरुद्ध उजुरी दर्ता नलिन अदालतलाई आदेश

सर्वोच्च अदालतले न्यायाधीशले गरेका फैसलाविरुद्ध कुनै पनि मुद्दा तथा उजुरी कुनै पनि न्यायिक र अर्धन्यायिक अड्डाअदालतमा दर्ता नगर्न/नगराउन निर्देशनात्मक आदेश जारी गरेको छ।

छानबिन आयोगमा देउवाविरुद्ध उजुरी

नयाँ संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा  गरिएको आन्दोलनक्रममा भएका मानवअधिकार हनन्लगायत घटना छानबिन गर्न गठित आयोगमा कैलाली टीकापुर– ९ का लालबहादुर चौधरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूविरुद्ध उजुरी दर्ता गराएका छन्।

मधेस आन्दोलन छानबिन आयोगमा एउटा मात्रै उजुरी

मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयाजकत्वमा गठन गरेको उच्चस्तरीय मधेस आन्दोलन छानबिन आयोगमा एउटामात्र उजुरी परेको छ ।

डिआईजी बढुवाबिरुद्ध लोकसेवामा उजुरी

प्रहरीका एकजना वरिष्ठ उपरीक्षकले पुष एक गते गृह मन्त्रालयले गरेको प्रहरी नायब महानिरीक्षक बढुवामा अन्याय भएको दाबीसहित लोकसेवा आयोगमा उजुरी दिएका छन्। प्रहरी वरिष्ठ उपरिक्षक लब बिष्टले बुधबार बढुवा सिफारीसमा आफूलाई अन्याय भएको भन्दै आयोगमा उजुरी दिएका हुन्।

मधेस फाउन्डेसनविरुद्ध सूचना आयोगमा उजुरी

मधेस र मधेसी जनताको नाममा विभिन्न प्रतिवेदन बुझाएर दातृ निकायसँग ठूलो मात्रामा रकम ल्याउने तर त्यसको हिसाव किताब भने नदेखाउने प्रवृत्ति बढ्दै गएका बेला नेपाल मधेस फाउन्डेसनका गतिविधिबारे सूचना आयोगमा उजुरी परेको छ।

न्यायाधीश भट्टराई विरुद्धको उजुरी तामेलीमा

व्यवस्थापिका–संसद्, महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईविरुद्ध परेको महाभियोगसम्बन्धी उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको छ।

भारतीय राजदूत रायविरुद्ध देश निकालाको उजुरी दर्ता

भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ। पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रणजीत रायका पछिल्ला गतिविधिप्रति आक्रोस पोख्दै ट्विटमार्फत् हेलो सरकारमा उजुरी गरेका थिए।

बलात्कार गर्ने कांग्रेसका स्थानीय नेताविरुद्ध उजुरी

एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्रीविरुद्ध उजुरी परेको छ।

उपाध्यायविरुद्ध तीन उजुरी

भारतका लागि सिफारिस राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेको छ। उजुरी गम्भीर प्रकृतिका नभई आरोपका रूपमा दर्ता भएको देखिएको छ। समितिले भदौ २१ गते सार्वजनिक सूचना गरी भारत र चीनका लागि राजदूत सिफारिस उपाध्याय र लीलामणि पौडेलविरुद्ध उजुरी आह्वान गरेको थियो।

कानुन नहुँदा थन्किए उजुरी

सरकारले आवश्यक सहयोग नगर्दा दसवर्षे सशस्त्र द्वन्द्वकालीन मुद्दा टुंग्याउन गठित दुई आयोग उपलब्धिविहीन बन्ने जोखिम बढेको छ। दुई वर्षका लागि गठित आयोग डेढ वर्ष पूरा हुँदा संकलित उजुरी किनारा लगाउन कानुनसम्म बन्न सकेको छैन।

द्वन्द्वकाल बाहिरका उजुरी देशैभर

सशस्त्र द्वन्द्वकालमा  माओवादीबाट विस्थापित रोल्पा, ह्वामाकी लुकमती डाँगीको परिवार शान्ति प्रक्रियापछि गाउँ फर्कियो। गाउँमा पुनःस्थापित भइसकेपछि २०६४ मा त्यही घरमा बेवारिस बम भेटियो। १३ वर्षीया लुकमतीले खेलौना सम्झेर चलाउँदा विस्फोट भयो। उनको एउटा हातै चुँडियो।

लिखित उजुरी दिए तत्काल कारवाही हुन्छः श्रमसहचारी अधिकारी

साउदी अरब– वैदेशिक रोजगारीका क्रममा साउदी अरब आएर पीडित भएका नेपालीहरुले म्यानपावर कम्पनीकाविरुद्ध लिखितउजुरी दिए तुरुन्तै कारवाही हुने भएको छ। गैरआवासीय नेपाली संघ साउदी अरबको नवौं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा श्रमसहचारी अम्बिका अधिकारीले यस्तो कुराको जानकारी दिएका हुन्।

उजुरीको एक महिनापछि रेडक्रसमा छापा, कार्यालय सिल

दोलखा– भष्ट्राचार विवादमा तानिएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा स्थानीय प्रशासनले छापा मारी कागजात नियन्त्रणमा लिनुका साथै कार्यालय सिल गरेको छ। भूकम्पयताका परियोजना र राहत तथा खोज उद्दारका कार्यक्रमहरुमा चरम अनियमितता भएको भन्दै स्थानीयले प्रशासनमा उजुर गरी ताला लगाएको एक महिनापछि जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार छापा मारी लेखासम्बन्धी कागजात नियन्त्रणमा लिँदै शाखा कार्यालय सिल गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्