बाजुरामा गोली चल्यो: एकको मृत्यु, एक घाइते
मतदान सकिएपछी विवाद हुँदा प्रहरीको गोली लागेर अन्दाजी २४ बर्षिय सन्जिब बहादुर ऐडिको मृत्यु भएको प्रहरीले बताएको छ।
मतदान सकिएपछी विवाद हुँदा प्रहरीको गोली लागेर अन्दाजी २४ बर्षिय सन्जिब बहादुर ऐडिको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला निर्वाचन सुरक्षा समितिहरुका अनुसार मतदातालाई रोकिएको वा रोक्न खोज्ने वातावरण बनेको सूचना अनुसार उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको थियो।
निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, दाचुर्ला, डोटी र हुम्ला जिल्लाको २ ठाउँमा गोली चलेको र ६३ ठाउँमा मतदान स्थगित भएको जानकारी दिए।
कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जनाएको हो।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए।
जिल्लाको शैल्यशिखर नगरपालिका–५ को मालिकार्जुन मावि आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो।
मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन्। जसमा ३ लाख ६१ हजार १ सय ९३ जना महिला र ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष छन्।
चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामको मतदान भएको जानकारी प्राप्त गरेको बताए।
अध्यक्ष ओलीले आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे।
अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि चुनाव हुँदैछ। तर निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेको भिड लागेको छ।
नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।
निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो।
एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।
मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।