४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रिन्स र रसिलालाई उपाधि

च्याम्पियन भएका प्रिन्स दाहालले नगद १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका नवीन श्रेष्ठले ५५ हजार रूपैयाँमा चित्त बुझाए।

विवाद, अपारदर्शिता र गतिविधिविहीन उसु

सागमा खरिद गरिएका थाउलोको ५० लाख बराबर र सान्सौंको ४० लाख बराबरको म्याट महासंघकै लापारबाहीका कारण प्रयोगविहीन भइसकेका छन्। घाम र पानीले गर्दा म्याट कुहिएका छन्।

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।

सिलवालको रिट खारेजः खेलकुदको गतिरोध अन्त्य

मंगलबार सर्वोच्च अदालतले सरकारद्वारा बर्खास्त राखेप सदस्यसचिव रमेशकुमार सिलवालको रिट खारेज गरेसँगै नेपाली खेलक्षेत्रमा निकास निक्लिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सदस्यसचिव नियुक्त र बर्खास्तीमा परेको रिटको सुनुवाई गर्दै रिट खारेज गरेको थियो।

रुबिका र दिनेश च्याम्पियन

बाग्मती प्रदेशकी रुबिका खड्का र त्रिभुवन आर्मी क्लबका दिनेश बुढा मगर आइतबार सम्पन्न जिपी कोइराला स्मृति प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रथम भएका छन्।

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँः मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन्।

राखेपमा अस्थायी समाधान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवको बर्खास्ती र नियुक्ति प्रक्रियाबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि दुई महिनादेखि नेपाली खेलकुद संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो।

कराते टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडी सहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ।

पिएम कप क्रिकेटः सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिमको टोली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आजदेखि काठमाडौंमा सुरु भएको छ।

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

स्तर सुधार्न कार्यदल

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ।

विश्व पौडीमा चार खेलाडी

नेपालका चार पौडीबाजले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने १५औं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा प्रतिस्पर्धा गर्ने भएका छन्।

सुदीप र स्वागता उत्कृष्ट

सुदीप थारू, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

पदकको सम्भावना भएकालाई प्राथमिकताः सदस्यसचिव

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्