२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पदकको सम्भावना भएकालाई प्राथमिकताः सदस्यसचिव

क्याप्शन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।

‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिनँ। हरदम त्यसैमा प्रयासरत रहनेछु,’ सदस्यसचिव घिसिङले भने, ‘रग्बीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहें र सफल पनि भएँ। त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढछु।’ सदस्यसचिव घिसिङले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे।

‘मेरा लागि सबै खेल समान हुन्। तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु,’ सदस्यसचिव घिसिङले थपे,‘बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापि होइन। सबैलाई प्राथमिकता दिएर अगाडि बढाउनेछु। 

पूर्वाधारको निरीक्षण

नवनियुक्त सदस्यसचिव घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन्। सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्यसचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए। त्यसपछि सदस्यसचिव घिसिङले परिसर हातामा रहेका सुटिङ रेन्ज, फिट्नेस सेन्टर, पौडी पोखरी, बक्सिङको प्रशिक्षण स्थल र कराते हलको निरीक्षण गरेका थिए।

प्रकाशित: १७ मंसिर २०७८ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App