२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पुस १६ र १७ गते सम्पन्न प्रतियोगिताका विजेता नगदसहित सम्मानित भएका हुन्। काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले उनीहरूलाई नगदसहित सम्मान गरे। उक्त प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन हुँदा काठमाडौंले मात्र चार स्वर्ण जितेको थियो।

तिनै चार स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो। व्यक्तिगत स्पर्धामा स्वीकार रजक, सुस्मिता मोक्तान र रन्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए। चारै स्वर्णका लागि समान पाँच हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरियो।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गरे। सोही अवसरमा रजत र कांस्य पदक जित्न सफल काठमाडौंका खेलाडीलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो। टोली प्रशिक्षकत्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ पनि प्रशंसापत्रबाट सम्मानित भए।

प्रकाशित: २२ पुस २०७८ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App