coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चैतमा जिपी कोइराला प्रोफेसनल आइटिएफ

जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आगामी चैतको पहिलो साता हुने भएको छ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा आगामी चैत ५ र ६ गते तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिप हुन लागेको हो। गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसका अवसरमा प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप गर्न लागिएको फाउन्डेसनअन्तर्गत युवा तथा खेलकुद विभाग बाग्मती प्रदेशकी संयोजक तुलसी थापा मगरले जानकारी दिइन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले च्याम्पियनसिपबारे जानकारी दिएको हो। उक्त खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

च्याम्पियनसिपमा सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) गरी कुल ९ टोलीबाट समान ३/३ जना महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको सहकार्यमा प्रतियोगिता आयोजना हुने आइटिएफकी पूर्वखेलाडीसमेत रहेकी तुलसीले बताइन्। महिलामा ४७–५५ केजी तौल समूह र पुरुषमा ५५–६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुँदै छ। विजेता शीर्ष तीन खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कारका साथै पदक प्राप्त गर्ने तुलसीले जानकारी दिइन्।

उनले सातै वटा प्रदेश र जिल्लाहरू आफैंले खर्च जुटाएर छनोट गरेको समेत उल्लेख गरिन्। नेपाली राजनीतिकका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले देशप्रति गरेको योगदानलाई उच्च सम्मान गर्दै उनको स्मृतिमा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ। फाउन्डेसनका खेलकुद विभाग सहसंयोजक धर्मराज गिरीले गिरिजाप्रसाद कोइराला फाउन्डेसन नाफारहित स्वतन्त्र संस्था रहेको बताए। गिरीले भोलिका दिनमा फाउन्डेसनले खेलाडीहरूलाई अगाडि बढाउन प्रेरित गर्ने र खेलबाट जीवन व्यतीत गर्न सक्षम बनाउने योजना अघि सार्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: ३० फाल्गुन २०७८ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App