१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सुदीप र स्वागता उत्कृष्ट

सुदीप थारू, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

यु–१६ को ब्वाइजमा सुदीप र गल्र्समा सुष्मा तथा यु–२० को ब्वाइजमा युवराज र गल्र्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र गल्र्समा बंगलादेशकी सुमुया देवान(११.८५ सेकेन्ड), ४ सय मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र गल्र्समा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सञ्जीव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र गल्र्समा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव (१.६६ मिटर) र गल्र्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउत (१०.७० मिटर) र गल्र्समा दाङकी सुशीला चौधरी(९.६२ मिटर) ले स्वर्ण जिते।

यु–१६ १ सय मिटर दौडको ब्वाइजमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र गल्र्समा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको ब्वाइजमा बागलुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र गल्र्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २२ मंसिर २०७८ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App