लोकतन्त्रको रक्षा र गणतन्त्र सुदृढीकरण गर्ने दाबी
सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।
सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।
निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरू राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ।
राजनीतिक अस्थिरता, अस्थिर सरकार र देशमा विकासको परिवर्तन होइन, अलिकति राम्रा र गर्न सक्ने भनाउँदाहरूको राजनीतिक दल परिवर्तन र सत्ता मोहको लोलुपता देख्दा राजनीतिप्रति नै वितृष्णा जाग्नु स्वाभाविक रहेछ।
निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।
सरकारले फौजदारी संहिताको मर्ममाथि नै प्रहार हुनेगरी केही नेपाल ऐन संशोधन विधेयक ल्याएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालत परिसरबाट मंगलबार गिरफ्तार गरिएको छ।
पक्राउ परेकाले राजनीतिक दलका नेतालाई मुछेर दिएको बयान फेर्न लगाउन राजनीतिक तहबाटै दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्।
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन्।
मंसिर ४ मा भएको आमनिर्वाचनपछिको यो चुनाव सत्ताधारी गठबन्धन र प्रतिपक्षी एमाले लोकप्रियताको जनमतको कसीमा थिए। तर तिनका लागि यो उपनिर्वाचन फलदायी हुन सकेन।
प्रमुख तीन राजनीतिक दलबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेर टुंग्याउने सहमति भएको छ।
बारा, चितवन र तनहुँको उपनिर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। सम्भवतः यो लेख प्रकाशित हुने बेलासम्म केही ठाउँको परिणामसमेत सार्वजनिक भइसक्ने छ।
बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए।
राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि निर्णायक तहमा महिला सहभागिता नभएको सरोकावाला निकायहरूले गुनासो गरेका छन्।