त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन्।
एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।
देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्।
कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजार भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।
चिनियाँ ठेकदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाढी व्यवस्थापनको काम भएको छैन।
कोरोनाको अप्ठेरोका बीच विदेशी निर्माण कम्पनिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई करिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ। तर, नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको अहिलेसम्म सुरु नै भएको छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन्।
बिहीबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा पानी लिकेज भएपछि उत्पन्न समस्याका बीच प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बन्न पुगेको हो।
नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ।
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर्ने तयारी भएको छ। केही काम थाती रहेकै अवस्थामा चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विमानस्थल हस्तान्तरण गर्ने तयारी गरेको हो। विमानस्थलको ९३ प्रतिशत काम पूरा भएको आयोजनाले बताएको छ।
पर्यटकीय सहर पोखराको सडक फोहाेरको डंगुरले भरिएको छ। सहरका चोकचोकमा फोहाेर थुप्रिँदा यहाँस्थित विमानस्थलबाट हुने हवाई उडानमा जोखिम निम्तिन सक्ने भन्दै विमानस्थलले चिन्ता जनाएको छ। चोकचोकमा थुपारिएको फोहरका कारण विभिन्न जनावर र चराचुरुंगी आकर्षित हुने र त्यसको आउजाउले हवाई उडान प्रभावित हुने जोखिम रहेको विमानस्थलले बताएको छ।
पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरण सुरु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ।
पोखराको चालु विमानस्थलबाट अहिले दिनमा ३० हाराहारीमा ठूला हवाई हुन्छन्। त्यसबाहेक हेलिकप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान थपिँदा पोखरा विमानस्थलले अहिले दिनमा एक सय बढी उडान व्यवस्थापन गरिरहेको छ। पोखरालाई अन्यका ठुला सहरमा हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले निकै नै फड्को मारेको छ। निजी हवाई कम्पनि अझै नयाँ गन्तव्यमा पोखरालाई जोड्ने योजनामा छन्।