coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको निर्णयले उत्साह थपेको छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री आलेले गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका हुन्।

केही दिनअघि मात्रै कांग्रेस केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको थियो। मन्त्री आलेले गठबन्धन बाहेकका दलको अवस्था चुनाव पछि हेर्न नसकिने हुने बताए। उनले एमाले प्रति सकेत गर्दै निर्वाचनपछि ठूला कुरा गर्ने दलका नेताको नै अवस्था वेहाल हुने दाबी गरे।

उनले भने ‘ठूला कुरा गर्ने दलका नेताको अवस्था निर्वाचन पछि बेहाल हुनेछ।’ नेपाली काग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजक्तोमा कार्यदल बनेकाले चाडै नै कार्यदलले  स्थानीय तहको निर्वाचनबारे गठबनधनको खाका तयार गर्ने बताए।

सहमतिका आधारमा गठबन्धन दलहरूबीच भागबन्डा हुने समेत उनले जानकारी दिए। मन्त्री आलेले विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट व्यवस्थापनको काम भइरहेको जानकारी दिए। विराटनगर विमानस्थलको जग्गा अधिकरणका लागि मात्रै १६ अर्ब रुपैयाँ लाग्ने बताए। आलेले विराटनगर लुक्ला उडान चाडै हुने समेत जानकारी दिए।

विराटनगर प्रदेशको राजधानी भइसके पनि सोलुबाट विराटनगर सिधा उडान नहुँदा सोलुखुम्बुका जनतालाई विराटनगर आउ-जाउ गर्न समस्या भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन्। मन्त्री आले मोरङ व्यापार संघले विराटनगरमा अयोजना गरेको ट्रेड एक्स्पो २०२२को उद्घाटन गर्न विराटनगर आएका हुन्।

प्रकाशित: १८ चैत्र २०७८ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App