२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले पोखराविरुद्ध दुस्प्रचार गरिरहेको छ’

अझ पछिल्लो पटक गत माघ १ गते भएको यती एयरलाईन्सको एटिआर जहाज दुर्घटना र फागुन ९ गते बुद्ध एयरको जहाजसँग चरा ठोक्किएको विषय भाइरल भएसँगै बहस थप पेचिलो भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ। यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिनका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः विहीबारदेखि रात्रीकालीन उडानका लागि बाटो खुल्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विहीबारदेखि रात्रीकालीन उडानका लागि तयार हुँदैछ। हालसम्म दिउँसोको समयमा मात्र उडान भईरहेकोमा अब रात्रीकालीन उडान गर्नका लागि बाटो खुल्नेछ। हवाई कम्पनिले पनि रात्रीकालीन उडानका लागि आवश्यक तयारी थालेका छन्।

अवतरण गर्नै लाग्दा जहाजसँग चरा ठोक्किएपछि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा चराको जोखिम रहेको गुनासो आइरहँदा सोमबार त्यस्तै घटना भएको छ। सोमबार दिउँसो ३ बजेर २४ मिनेटमा अवरण गर्नै लागेको जहाजसँग चरा ठोक्किएको थियो। एकजना सर्वसाधारणले खिचेको भिडयोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। भिडियो सामाजिक सञ्जालमा भाइरल छ। जहाजसँग ठोक्किएपछि चरा फनफनि घुम्दै भूँइमा खसेको पनि देखिएको छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’ हो। जहाँ गल्फरहरुले प्रशिक्षण लिइरहेका थिए। जहाजसँग चरा ठोक्किएको बारे ती गल्फरहरुले पनि देखेका थिए।

समस्या देखिएपछि सौर्य एयरलाइन्सकाे जहाज फिर्ता

विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

विमानस्थलको इन्टरनेट नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित

अध्यागमन विभागका सुचना अधिकारी कमल प्रसाद अधिकारीका अनुसार विभानस्थलमा इन्टरनेटको समस्या आउँदा अध्यागमन सेवा रोकिएको हो।

प्राधिकरणलाई पर्यटन मन्त्रीको प्रश्नः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको?

पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य मुलुकसम्म जोड्नका लागि सरकारले कुटनीतिक रुपमा पहल गरिरहेको अवस्थामा नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग कार्ययोजना मागेको पर्यटनमन्त्री सुदन किराँती बताउँछन्। किराँती पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनैपनि हालतमा पूर्ण आकारमा संचालनमा ल्याउनुपर्ने बताउँछन्। किराँती भन्छन, ‘विमानस्थललाई घाम तपाएर राख्ने होईन। घाम तापेर जनताको पैसा सुकाउन पाँइदैन।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको भनेर प्राधिकरणप्रति मन्त्री किराँतीले प्रश्न पनि तेर्साएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: दिउँसो चरा र राति स्यालको रजाइँ

विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुुर्गन्धित हुन्छन्। सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दिउँसोमा चरा र रातीमा स्यालको रजाइँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक भएर बग्ने सेती र विजयपुर खोला निकै नै फोहर छन। मरेका गाइबस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहर, बंगुरको फोहर खोलामै फ्याकिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चूनौती’ बन्दै गएको विमानस्थलले बताएको छ। त्यतिमात्र नभई झाडिमा लुक्ने स्यालले पनि विमानस्थलमाथि जोखिम थपिरहेको स्थानीयको भनाई छ।

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: फेब्रुअरी२३ पछि रात्रीकालीन उडानका लागि बाटो खुल्ने

गत जनवरी एकदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी २३ पछि बल्ल रात्रीकालिन उडान गर्न पाइने भएको छ। हाल दिउँसोको समयमा मात्र संचालनमा रहेको यो विमानस्थल फेब्रुअरी २३ पछि रात्रीकालिन समयमा पनि संचालन गर्न सकिने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले बताएको छ।

३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण

अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।

करिब २ घण्टा देखि बन्द रहेकाे अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले ४ घण्टा देखि बन्द रहेको हवाइ उडान सञ्चालनमा आएको बताएका हुन्।

‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्