१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

करिब २ घण्टा देखि बन्द रहेकाे अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा करिब २ घण्टा अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले करिब २ घण्टा देखि बन्द रहेको हवाइ उडान सञ्चालनमा आएको बताएका हुन्। 

उनले भने, ‘अहिले सभर ठिक भइ सक्यो। ४ बजे देखि सञ्चालनमा आएको हो। सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।’  

पहिला पनि यस्तो समस्या आएको हो। हामिले तयारी रुपमा ब्याकअप राख्नु भनेका थियौँ। अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ। यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेकोले यात्रुहरु केहिबेर रिसाउनु भएको उनले बताए।

सिटौलाले भने, ‘अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो। दिउँसोको ब्याङगलोर, कलकता, थाइल्यान्ड, एयर इण्डिगोको भारतको उडान, कतार एयरवेजको जहाज डिले भएको थियो अहिले सञ्चालनमा आएको छ।  

उनले विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय गर्ने बताए। 

प्रकाशित: १४ माघ २०७९ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App