७ वैशाख २०८१ शुक्रबार
समाज

विमानस्थलको इन्टरनेट नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा रहेको इन्टरनेट नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। सोमबार विमानस्थलको अध्यागमन विभागमा रहेको इन्टरनेटमा सम्स्या आउँदा सयौं यात्रु समस्यामा परेका छन्।

अध्यागमनको इन्टरनेट नचल्दा प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ।  

अध्यागमन विभागका सुचना अधिकारी कमल प्रसाद अधिकारीका अनुसार विभानस्थलमा इन्टरनेटको समस्या आउँदा अध्यागमन सेवा रोकिएको हो।  

उनले भने, ‘हाम्रो सर्भर नचलेको होइन् इन्टरनेटमा समस्या आएकोे हो। इन्टरनेट बनाउने काम भएको केही समयमा नै काम सुचारु हुन्छ।’

प्रकाशित: ८ फाल्गुन २०७९ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App