१२ असार २०८१ बुधबार
image/svg+xml

पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ।

बालकुमारी गोली काण्डमा ‘सिङ्गो सरकार दोषी’

‘वर्तमान अवस्था, व्यवस्था र यो बनाउने सरकार,’ सामाजिक सञ्जालमा सुमन खनालले प्रतिक्रिया दिएका छन्, ‘नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएको राम्रो।’

बालकुमारी गोलीकाण्ड: प्रम चाहन्छन्, ‘ज्वाला हटून्’

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

बालकुमारी घटनामा मृत्यु भएका सुजन र विरेन्द्रको शव गृह जिल्ला ल्याइयो

बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन रावतको शव सेनाको हेलिकप्टरमार्फत दैलेख ल्याइएको छ।

प्रश्न पाठकलाई: बालकुमारी घटनाको दोषी को?

उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिए पनि उनीहरू एक अर्कालाई दोष देखाउँदै पन्छिन थालेका हुन्।

नैतिक संकटमा गृह, श्रम र भौतिक पूर्वाधारमन्त्री

मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवालजवाफमा उत्रिनु तथा भिडलाई उत्तेजित हुनेगरी कुराकानी गर्नु घटनाको मुख्य कारण रहेको गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूले जनाएका छन्।

बालकुमारी घटना बाहिर देखिएजस्तो छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताएका छन्।

बालकुमारी घटनाका मृतकलाई सहिद घोषणाको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

बालकुमारी घटनामा मृत्यु भएका दुई युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ।

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता दिँदैछौंः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’

प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाए।

भिड देखेपछि किन रोकिनु भएन मन्त्री ज्यू? आश्चर्य लागेको छः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्।

मन्त्रीको गाडी त्यो सडकबाट गुड्दा दुःखद घटना हुन पुग्योः महानिरिक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रर्दशन चलिरहेका बेला भौतिक पूर्वाधार योजनामन्त्री सोही सडकबाट सवारी चल्नु नै दुःखद घटना हुन पुगेको बताएका छन्।

यस्ता छन् सरकारद्वारा गठित आयोगको जिम्मेवारी

उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा गठित आयोगले एक महिनासम्म काम गर्ने छ।

उच्चस्तरीय आयोगले आजैबाट काम थाल्ने, एक महिनामा प्रतिवेदन बुझाउने

सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय आयोगले आजैबाट काम सुरु गर्दैछ।

बालकुमारी घटनाबारे अनुसन्धान गर्न ३ सदस्यीय उच्च स्तरीय आयोग गठन

आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन्। आयोगलाई एक महिनाको समय दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्