२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बालकुमारी घटनाबारे अनुसन्धान गर्न ३ सदस्यीय उच्च स्तरीय आयोग गठन

सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय आयोग गठन गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बताइन्।

आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन्। आयोगलाई एक महिनाको समय दिइएको छ।

घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर पनितोकिएको मन्त्री शर्माले जानकारी दिइन्।

पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो। सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

प्रकाशित: १६ पुस २०८० ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App