२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उच्चस्तरीय आयोगले आजैबाट काम थाल्ने, एक महिनामा प्रतिवेदन बुझाउने

सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय आयोगले आजैबाट काम सुरु गर्दैछ। उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा  गठित आयोगले एक महिनासम्म अनुसन्धानको काम गर्ने सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

आयोगले बालकुमारी घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर पनि तोक्न सक्ने गरी काम गर्नेछ र एक महिना पछि प्रतिवेदन सरकारलाई बुझाउने पनि उनले जानकारी दिइन्।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेलको संयोजकत्वमा गठन गरेको आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेका छन्।

पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो। सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

प्रकाशित: १६ पुस २०८० ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App