१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रश्न पाठकलाई: बालकुमारी घटनाको दोषी को?

दुई युवकको अनाहकमा ज्यान गएको ललितपुरको बालकुमारी गोली काण्डले अहिले सिङ्गो मुलुकको ध्यान खिचेको छ। तर यति गम्भीर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो सरोकारवाला मन्त्रीहरू एकले अर्कालाई दोष देखाउँदै पन्छिने प्रयासमा छन्। उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिए पनि उनीहरू एक अर्कालाई  दोष देखाउँदै पन्छिन थालेका हुन्।

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ। त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टीको बैठक स्थलमा पुर्‍याएको रहेछ, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिमा इपिएसका कर्मचारी पनि जिम्मेवार बनेको देखिएन।’

सुरक्षाकर्मीले अनाहकमा बढी बल प्रयोग गरेर गोली चलाएका कारण गृहमन्त्रीको राजीनामा पनि मागिएको छ। तर गृहमन्त्री अर्कोलाई दोष देखाउँदै आफू पन्छिने प्रयासमा छन्। सोमबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शन भइरहेको ठाउँमा कसरी मन्त्री ज्वालाको गाडी आइपुग्यो भनेर आश्चर्य व्यक्त गरेका थिए। यसैगरी प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि मन्त्री ज्वालाको गाडी प्रदर्शन स्थलमा जानु नै घटनाको मूल कारण भनेर आफू पन्छिएका छन्।

दुई युवकको अनाहकमा ज्यान गएको ललितपुरको बालकुमारी गोली काण्डले अहिले सिङ्गो मुलुकको ध्यान खिचेको छ। तर यति गम्भिर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो सरोकारवाला मन्त्रीहरू एकले अर्कालाई दोष देखाउँदै पन्छिने प्रयासमा छन्। यही सन्दर्भमा प्रश्न पाठकलाई–खासमा यो घटनाको दोषी को हो त?

यता सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार मन्त्री ज्वालालाई घटनाको दोषीको रूपमा व्याख्या गरेका छन्। कारबाहीको माग पनि गरेका छन्। त्यसो त उनले श्रम मन्त्री भण्डारी र गृहमन्त्री श्रेष्ठको नेतृत्वमा प्रश्न गरेका छन्। थापाले तीनै जनाको भूमिकाबारे छानबिन हुनुपर्ने औँल्याएका हुन्।  

गृहमन्त्रीले आफूलाई दोष देखाइरहँदा भौतिक मन्त्री ज्वाला भने आफ्नो कुनै दोष नभएको भन्दै पन्छिन खोजिरहेका छन्। उनले उक्त  घटना आफ्नो कारणले नभएको भन्दै आफू माथि जबरजस्ती दोष थोपर्न खोजिएको तर्क गरेका छन्। ‘मेरो सुरक्षाकर्मीलाई केन्द्रबाट बाटो अवरोध भएको कुनै जानकारी आएको थिएन,’ सोमबार ज्वालाले भने, ‘त्यसैले हामी अनजानमै त्यो बाटोमा पुग्यौ ।’ उनले यसमा प्रहरी प्रशासनको गल्ती रहेको देखाए।

त्यस्तै  यो घटना घट्नुमा इपिएस कार्यालयको लापरबाही भएको भन्दै  नैतिक हिसाबले श्रम मन्त्रीले यसको जिम्मेवार लिनु पर्ने आवाज पनि उठेको छ। दक्षिण कोरिया रोजगार अनुमति प्रणाली इपिएसमा सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाले शुक्रवार इपिएस शाखा कार्यालय ग्वार्रकोनजिक आन्दोलन गरेका थिए। तर सरोकारवाला मन्त्रालयका  श्रम मन्त्रीले यस घटनाबारे आफ्नो मुख खोलेका छैनन्।

एकले अर्कालाई दोष देखाएर पन्छिन खोजेपनि अनाहकमा दुई युवा  वीरेन्द्र शाह र सुजन राउतको  निधनले सिङ्गो मुलुक  दुखित छ। यस्तोमा पाठकलाई प्रश्न – खासमा यो घटनाको दोषी को हो त?

प्रकाशित: १७ पुस २०८० ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App