१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बालकुमारी गोली काण्डमा ‘सिङ्गो सरकार दोषी’

दुई युवकको अनाहकमा ज्यान गएको ललितपुरको बालकुमारी गोली काण्डमा सिङ्गो सरकारनै दोषी रहेको पाठकले प्रतिक्रिया दिएका छन्। ‘प्रश्न पाठकलाई: बालकुमारी घटनाको दोषी को? समाचारमा प्रतिक्रिया जनाउनेहरूले यो मन्त्री र उ मन्त्रीभन्दा पनि मुलुकको वर्तमान अवस्था र सरकार दोषी रहेको प्रतिक्रिया दिएका हुन्।

‘वर्तमान अवस्था, व्यवस्था र यो बनाउने सरकार,’ सामाजिक सञ्जालमा सुमन खनालले प्रतिक्रिया दिएका छन्, ‘नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएको राम्रो।’

त्यस्तै अर्का पाठक प्रवेशले पनि गल्ती राज्यको भएको प्रतिक्रिया दिएका छन्, ‘शतप्रतिशत गल्ती राज्यको हो । हुँदै नभएको नियम लागू गर्ने अधिकार र बुद्धि कसले दियो राज्यलाई?,’ उनको प्रतिक्रिया छ, ‘ यदि नजिरकै कुरा गर्ने हो भने पनि इपिएस लागू भएको अन्य देशले अवलम्बन गरेको तरिका अपनाउनु पर्ने हो कि होइन? जे मन लाग्यो त्यही निर्णय गर्ने मिल्छ राज्यले?’

हरिश्चन्द्र पोखरेलले एक मन्त्रीले अर्को मन्त्रीलाई पन्छाउने तर्फ व्यङ्ग गर्दै ३ मन्त्रीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि दोषी भएको उल्लेख गरेका छन्।

‘प्रमुख दोषी प्रधानमन्त्री तेसपछी यी ३ जना मन्त्री र प्रहरी प्रमुख’, उनले लेखेका छन्, ‘हतियार छ भन्दैमा मान्छे मार्नै, कमसेकम मानवताको ख्याल गर्नुपर्ने नि।’

दुई युवकको अनाहकमा ज्यान गएको ललितपुरको बालकुमारी गोली काण्डले अहिले सिङ्गो मुलुकको ध्यान खिचेको छ। तर यति गम्भीर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो सरोकारवाला मन्त्रीहरू एकले अर्कालाई दोष देखाउँदै पन्छिने प्रयासमा छन्। उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिए पनि उनीहरू एक अर्कालाई  दोष देखाउँदै पन्छिन थालेका हुन्।

प्रकाशित: १८ पुस २०८० ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App