१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बालकुमारी गोली काण्डमा ‘सिङ्गो सरकार दोषी’

‘वर्तमान अवस्था, व्यवस्था र यो बनाउने सरकार,’ सामाजिक सञ्जालमा सुमन खनालले प्रतिक्रिया दिएका छन्, ‘नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएको राम्रो।’

देश दलतन्त्रमा गयो, लोकतन्त्रको अर्थ समाप्त हुदैछः सांसद अमरेशकुमार (अन्तरवार्ता)

शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ छ।

कर्मचारीको गल्ती नागरिकलाई सास्ती

सरकारी कार्यालयका कमजोरीका कारण नागरिकले भोग्नुपरेका हैरानी र आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक क्षति भनिसाध्य छैन।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘छुटाइएका ‘हाई प्रोफाइल’लाई पनि मुद्दा लगाऊ’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित पक्षका कानुन व्यवसायीले नाम मुछिएर पनि छानबिनको दायरामा नल्याइएका ‘हाई प्रोफाइल’लाई पनि अभियोजन लगाउन आदेश माग गरेका छन्।

लिङ्देनको चेतावनीः नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नदिन चेतावनी दिएका छन्।

संसद्भित्रका गल्तीको निरन्तर पुनरावृत्ति

प्रतिनिधिसभाका र राष्ट्रियसभाका बैठकमा बेलाबेलामा अशोभनीय दृष्य देखिँदै आएका छन् भने अशोभनीय आवाज पनि सुनिँदै आएका छन्। पछिल्लो पटक संसद्मा एमालेको नाराबाजीका क्रममा विगतमा अन्य पार्टीको जस्तै अशोभनीय दृष्य देखिए।

देउवालाई गल्ती गर्ने छूट छ ?

सुरासुन्दरी, प्राडो र पजेरोसहितका विकृति भित्र्याएकोमात्र होइन, सत्ता र शक्तिका लागि प्रजातन्त्र दरबारमा बुझाएर पार्टी विभाजन गरेको आरोप झेल्दै आएका देउवालाई नसुध्रने र नसच्चिने अधिकार पनि छ।

‘प्रहरीको गल्ती ढाकछोप गर्दै गृह’

मानवअधिकार आयोगकामे प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयबाट विषेश सूचनाका आधारमा खटिएको टोलीले नौवटा गोली प्रहार गरेको उल्लेख छ। घटनामा प्रहरीले एकोहोरो गोली हानेको भनेर प्रश्न उठेको थियो।

गल्तीबिनै माफ माग्या माग्यै

यो उनको गल्ती हैन । तर पनि बारम्बार उनले माफ माग्नुपर्छ । एक पटक होइन, दुई पटक होइन, दैनिक लाखौं पटक । ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नुभएको नम्बर...’ भन्दै पटक पटक माफ माग्ने महिला हुन्, ललितपुरकी अनुपमा कर्माचार्य ।

सिनामंगल टिपर दुर्घटना : अर्काको गल्तीले ठूलो क्षति

काठमाडौंको चावहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले १० वर्षयता घर बनाउने र रङ पोत्ने काम गर्दै आएका थिए। सोमबार उनी सधैंजस्तै लुँभुमा घर निर्माणको काम गरेर डेरातर्फ लाग्दै थिए। घर फिनिसिङको काम अन्तिम चरणमा पुगेकाले त्यो दिन डेरा फर्कन अलि ढिलो भएको थियो उनलाई। उनीसँगै उनका भान्जा घाङ्दुक भोटे पनि घरमा रङ पोत्ने काम गर्दै आएका थिए। प्रायः मामा भान्जा सँगै डेरा फर्कन्थे। सोमबार पनि मामाभान्जा त्यसैगरी डेरा फर्कंदै थिए। लुँभुबाट डेरातर्फ लाग्दा साढे सात बजेको थियो।

विषादी प्रकरणबारे दूतावासको पत्र प्रधानमन्त्रीलाई नदिनु गल्ती भयोः मन्त्री खनाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकारेका छन्। मन्त्री खनालले प्रधानमन्त्री ओलीले जेष्ठ २१ गते सो विषयमा बोलेको तर हामीले त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिनु गल्ती भएको स्वीकारेका हुन्।

अदालतका गल्ती ढाकछोप नगरी बाहिर ल्याइदिनुस्ः प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्।

अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

बललाई मार्टिन गुप्टिलले रन आउट गर्न स्टम्पतर्फ फाल्दा बलले कुदिरहेका स्टोक्सको ब्याटमा लाग्दै बाउन्ड्री पार गरेपछि इङ्ल्यान्डको खातामा थप ४ रन जोडिएको थियो, जसमा अम्पायर कुमारा धर्मसेनाले एक रन बढी दिनु गल्ती भएको स्वीकार गरेका हुन्।

‘घुस लिएर ठूलो गल्ती गरें’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्