२० आश्विन २०८१ आइतबार
image/svg+xml

कार्थकको नजरमा नेपाली संगीत सर्जक

नेपाली साहित्यमा केही वर्षदेखि उपन्यास र आत्मकथाको भीड छ। बजार पनि छ भन्छन्। तर, नेपाली भाषामा नाटक, जीवनी, सिनेमा, संगीतसम्बन्धी पुस्तक अभावशून्य नै छ। बजार नभएर हो वा भएर, थाह छैन। यस्तो अवस्थामा पनि निकै मुस्किलले संगीत र सिनेमाबारे लेखिरहने स्रष्टा कमै छन्, त्यसमध्ये साहित्यकार पिटर जे कार्थकको नाम अघिल्लो पंक्तिमा आउँछ।

शास्त्रीय संगीतमा अर्को पुस्ता खोइ ?

शास्त्रीय संगीतमा एउटा पुस्ता तयार हुन एउटा युग लाग्छ, त्यो एउटा युग बन्न युगौँ लाग्छ। त्यो युगौँको इतिहास हामीले मात्र बनाएर बन्दैन, हामीसित सहकार्य गर्ने छिमेकी (हाम्रो प्रतिस्पर्धामा देखिने राष्ट्र) को पनि साथ चाहिन्छ। छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशसित लामो समयदेखि हाम्रो सांगीतिक एकताको अभियान जारी थियो।

लोप हुँदै चैतलो

बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैया र अन्य वस्तुहरु दिने चलन रही आएको छ । खास गरेर दलित समुदायका दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं । फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ ।

चर्चित गायिका सेलेना गोमेजले सांगितिक यात्रामा पूर्णविराम लगाउँदै

अमेरिकाकी चर्चित एवं लोकप्रिय पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएको बताएकी छिन्।

पत्रकार शिवराज योगीको 'ऐना हेरी हेरी'

लोकप्रिय गायक तथा संगीतकार भीम बिसीको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतको शब्द लेखक तथा पत्रकार शिवराज योगीले लेखेका हुन्। बिसीकै संगीत रहेको गीतमा चर्चित गायिका एलिना चौहान र भीम बीसीले सुमधुर आवाज भरेका छन्।

गीतमा तिमी र हजुर

एउटा पुरुषले आफूले मनपराएको प्रेमिकाबाट धोका पाउनेबित्तिकै ती महिलालाई विभूषित गरेर एउटा गीत बनाइहाल्छ। गीतकार तीर्थराज तुलाधरले एउटै गीत लेखे– ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ।’ एउटै गीत लेखेर सर्वाधिक चर्चित हुने गीतकार युवान तुलाधरले एउटै गीत लेखे, ‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिनँ।’

टिकटकमा भाइरल बन्यो ‘मनरुन्छ धुरुक्क’

तीन दिनदेखि यो गीतमा अभिनय गरेर भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल)मा भिडियो अपलोड गर्नेको संख्या बढेको छ। यही गीतमा मात्रै अभिनय गरेर टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रेमीका लागि गीत लोकप्रिय बनेको छ। सुदूरपश्चिमको ‘टिपिकल’ डेउडा गीतमा अभिनय गरेर भिडियो अपलोड गर्दा धेरै ‘भ्यूज’ बढ्न थालेपछि सामाजिक सञ्जालमा ‘मन रुन्छ धुरुक्क’ एल्बमका आठवटा टुक्का भाइरल बनेका हुन्।

संसद् विघटन मुद्दा : संवैधानिक इजलासमा नारायण गोपालले गाएको गीतको चर्चा

वरिष्ठ अधिवक्ता गीता पाठकले देशका सबै निकाय संविधान बमोजिम चल्नुपर्ने बताएकी छन्।

गीतमार्फत समाजलाई प्रश्न गर्ने हो

नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– इन्दिरा जोशी। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना र कला प्रस्तुत गरिसकेकी छिन्। झण्डै डेढ दशकदेखि गीत–संगीतमा क्रियाशील गायिका जोशीको ‘चौबन्दी चोली अनि रातो घाँगरा’, ‘उध्रेको चोली’, ‘मोटरसाइकलमा’ ठूली’ लगायत दर्जनौं हिट गीत गाइसकेकी छिन।

‘रक म्युजिक’मा रमाएका विनोद

वर्षौं अघि रेडियो नेपालबाट एउटा गीत गुन्जन्थ्यो, उकालीमा पनि हजुर मोटर जाँदो रैछ…! उनले रेडियोबाट बज्ने यो गीत काम थापेर सुन्थे। सुन्दर श्रेष्ठ र तिर्थ कुमारीले उति बेलै यो गीत अली फरक शैलीमा गाएका थिए।

यी नेपाली वैज्ञानिकले बनाए विश्वकै सबैभन्दा क्षमतायुक्त ‘गोमन संगीत लिपि’

भौतिक शास्त्र पुनःनिर्माण अभियानका केन्द्रीय अध्यक्ष भवीन्द्र कुँवरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गरेका छन्।

यलम्वर संगीत प्रतियोगितामा खोटाङकी प्रवृत्ति राई प्रथम

यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्ति राई प्रथम भएकी छन्।

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ।

शान्ति ठटालको स्वरगाथा

विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्