२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘काँडा जति आफूलाई फूल अरू कसैको...’

गायक तथा संगीतकार कृष्णभक्त राई नयाँ गीत लिएर स्रोतामाझ आएका छन्।  

गीतकार डा. दुबसु क्षेत्रीले लेखेको  ‘काँडा जति आफूलाई फूल अरू कसैको, दोष सधैँ आफूलाई भूल अरू कसैको’ बोलको गीतमा संगीतकार राईकै स्वर छ।  

गीतको भिडियो गायक राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।  

डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन गायक तथा संगीतकार राईका जेठा छोरा अकिलले गरेका हुन् भने कान्छा छोरा मनसुनले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन्।  

भिडियोमा युवा उमेरमा हुने  प्रेमको उतारचढावको कथा छ। गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो।   

प्रकाशित: १६ मंसिर २०७७ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App