१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चर्चित गायिका सेलेना गोमेजले सांगितिक यात्रामा पूर्णविराम लगाउँदै

अमेरिकाकी चर्चित एवं लोकप्रिय पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएको बताएकी छिन्।  

मंगलबार भोग म्यागजिनसँग कुराकानी गर्दै भनेकी छन्, ‘जब मानिसहरूले मेरो गीतलाई गम्भीर रूपमा लिँदैनन्, मलाई पनि संगीत जारी राख्न गाह्रो हुन्छ,’ उनले थपेकी छिन्, ‘ मेरो सांगितिक यात्राको समयमा यस्ता दिनहरुहरू पनि थिए जहाँ म किन गीत गाइरहेको छु, गीतबाट मैले के पाएँ जस्ता मनमा प्रश्न उठीरहन्थ्यो।

सेलेनाले तीस भन्दा बढी गीतहरु रिलिज गरिसकेकी छिन्। उनले डिज्नी च्यानलको ‘विजार्ड अफ वेभरली प्लेस’ सिरिजको लागि थिम गीत गाएर संगीतको यात्रा सुरु गरेकी थिइन्।  

अहिले उनी विश्वकै सम्मानित गायिकाको सूचीमध्ये पर्छिन् तर पनि गायन क्षेत्र आफ्नो लागि नभएको उनले बताएकी छिन्। सन् २०२० मा रिलिज भएको उनको गीत ‘लुज यू टु लभ मी’ पछि सेलेनालाई आफ्नो करियर प्रति प्रश्न उठेको र त्यसबारे सोच्न थालेको उनले बताएकी छिन्।

उनका अनुसार ‘लुज यू टु लभ मी’ आफ्ना गीतहरु मध्य सबै भन्दा मन परेको गीत थियो तर त्यसले फ्यानहरूबाट त्यती राम्रो प्रतिक्रिया पाउन सकेन। उनका केही गीत पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको पनि अनुमान लगाइन्छ तर सेलेनाले यो कुरा सत्य नभएको बताएकी छिन्।

‘कयौँ मानिसले मेरा गीत मन पराउँछन् र म त्यसको लागि आभारी छु,’ उनले भनेकी छिन्, ‘अबका गीतहरू भने फरक तरिकाले बनाउने सोच गरिरहेको छु। संगीतबाट अवकाश लिनुअघि अन्तिम पटक नयाँ प्रयास गर्न मन छ।’

प्रकाशित: २६ फाल्गुन २०७७ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App