२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘रक म्युजिक’मा रमाएका विनोद

वर्षौं अघि रेडियो नेपालबाट एउटा गीत गुन्जन्थ्यो, उकालीमा पनि हजुर मोटर जाँदो रैछ…!  उनले रेडियोबाट बज्ने यो गीत काम थापेर सुन्थे। सुन्दर श्रेष्ठ र तिर्थ कुमारीले उति बेलै यो गीत अली फरक शैलीमा गाएका थिए। विनोद ढकालले यो गीत रेडियोमा, 'वाकमेन' मा कति सुने त्यसको हिसाव छैन तर समयसँगै यो गीत उनको परिचयसँग जोडियो।  

रामचन्द्र काफ्ले, अन्जु पन्तसँगै विनोद पनि यसको रिमेकमा आवाज दिने एक गायक भए। उनले यसमा 'र्‍याप' हाने। जसलाई समयले चर्चाको शिखरमा लगेर छोडिदियो।

लट्टा परेको कपाल। ग्रन्ज पाइन्ट। अग्लो कद त्यसमा लङ कोट यहि नै हो उनको व्यक्तित्व। झट्ट हेरेर मात्र विनोद 'कुलपना' र गायकीबारे जान्न मुस्किलै हुन्छ।  

नेपाली गीतसंगीतमा बेग्लै छवि बनाएका विनोद ‘रक’ गीतको दायारा फराकिलो बाउने ध्याउन्नमा छन्।  

केहि साता अघि उनको ‘शास्त्र व्याण्ड’ ले ‘भुत’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको छ। गीतले महिला हिंसाबारे चित्रण गर्छ।  

‘मेटल शैली’ को गीतले बलात्कारको विषयलाई उठान गरेको छ। नेपालमा ‘मेटल’ शैलीको गीत खासै विकसित भैसकेको छैन्। यद्यपी यो गीत केहि हदसम्म दर्शक तथा श्रोताले मन पराउने अपेक्षा छ उनको।  

‘हाम्रो समाजमा महिलाहरु बलात्कृत हुनु परेको छ ’, विनोद भन्छन्, ‘विभिन्न प्रलोभनमा दिदीबहिनीहरु बलात्कृत भएका छन्। त्यस्ता प्रलोभनबाट हुने घटनालाई गीतले प्रस्तुत गरेको छ।’

स्कुले जीवनदेखि नै गीत गाउँथे उनले। स्कुलमा हुने विभिन्न कार्यक्रमहरू गीत गाउन लगाउँथे उनलाई। टोलमा साथीभाईसँग जम्मा हुँदा पनि विनोदलाई नै गीत गाउन आग्रह गर्थे। अर्थात गीत संगीतमा थाहै नपाई प्रवेश गरे उनी।  

उनको व्याण्डले केहि समय अघि मात्रै ‘कालापानी’ नामक म्युजिक भिडियो रिलिज गर्यो। नेपाल भारतबीचको सीमा विवादको विषयलाई लिएर उनले गीत बनाए। गीतमा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमि माथीको भारतीय हस्तक्षेप विरुद्ध नेपाली स्वाभिमानको आवाज उठाए। वर्तमान अवस्था र यथार्थतालाई प्रस्तुत गर्दै विनोदले गीतमार्फत देशको ईतिहास भनेका छन्।  

विनोदले समाजका वर्तमान अवस्थालाई टपक्क टिपेर गीतमा शब्द र भाका हालेर प्रस्तुत हुन्छन्। उनको अधिकाशं गीत सामाजिक यथार्थमा माथि बनेका छन्।  

पछिल्लो समय नेपाली ‘रक’ गीतसंगीतको दायारा फराकिलो बनाउन प्रयासरत छन् उनी।  

‘रक गीतको आफ्नै शैली हुन्छ। विश्वमा यसको व्यापकता पनि कम्ति छैन्’, उनी भन्छन्,‘दर्शकसँग प्रत्यक्ष साक्षत्कार गर्ने रक गीत नै हो। रकको महत्व बेग्लै छ।’  

नेपाली गीत संगीतको आफ्नै मौलिकतामा जोड छ उनको। तर त्यसले समाजको कथा भन्नु पर्छ भन्ने तर्क गर्छन्, उनी।  

‘रक’ को गीतलाई सबैले बुझ्न कठिन छ। यसका आफ्नै स्रोता/दर्शक हुन्छन्। सबैले एउटै ‘प्याटर्न’ को गीत गाउनु पर्छ भन्ने छैन्। अरुले गरेको भन्दा अलि भिन्न गरौं भन्ने सोच आयो। त्यसैले बेग्लै स्वाद र शैलीको गीत गाएँ’, विनोद भन्छन्।  

स्कुले जीवनदेखि नै गीत गाउँथे उनले। स्कुलमा हुने विभिन्न कार्यक्रमहरू गीत गाउन लगाउँथे उनलाई। टोलमा साथीभाईसँग जम्मा हुँदा पनि विनोदलाई नै गीत गाउन आग्रह गर्थे। अर्थात गीत संगीतमा थाहै नपाई प्रवेश गरे उनी।  

विनोदको बाल्यकाल धादिङको गाउँमा वित्यो। गाउँमा आफ्नै बुबा र दाईको स्कुल थियो। उनी पनि त्यहि स्कुल पढे।  

घरमा दार्जिलिङबाट आएका शिक्षकहरू बस्थे। उनीहरुले गीतार बजाएर गीत गुनगुनाउँथे। विनोद पनि उनीहरुसँगै बजाउँथे। गितार छुन पाउँदा विनोद फुरुङ्ग हुँदै गीतारका कटसँगै गीतको भाका हाल्ने कोसिस गर्थे।  

त्यसै बेलादेखि नै संगीतप्रतिको नजाँनिदो लत बस्यो विनोदमा।  

‘त्यो बेला गितारको अनुहार देख्न पाइँदैनथ्यो। मादलको अनुहार देखिन्छ। मात्रै रेडियोमा गीत सुन्न पाइन्थ्यो। गितारको अनुहार देख्नु भनेको सपना जस्तै लाग्थ्यो’, उनले विगत सुनाए।    

विनोदले आफ्नो विगतको पोको खोल्दै गए। रवीन तामाङ, अरुको गीत ध्यान दिएर सुन्थे विनोदले। साथीभाई भेटघाट हुँदा विनोदलाई गीत गाउन लगाउँथे। विनोद पनि खुशी भएर गीत गाउँथे। उनीहरुले  ‘पछि गीत गाउन गए हुन्छ’ हौसाल दिन्थे।  

उनको गीत संगीत प्रतिको लगाव यसरी नै बढ्दै गयो।  विस्तारै उनलाई गीतकार तथा गायकका रूपमा परिचित गराइदियो समयले। उनी गीत लेख्दै र गाउँदै संगीत सागरमा पौडिए।  

पढ्नका लागि आठ कक्षादेखि धादिङबाट काठमाडौं आए, उनी। काठमाडौं गीतसंगीतका लागि झन उर्वर भूमि बन्यो विनोदको लागि। साथीभाईसँग भेटघाट बाक्लिन थाल्यो। स्कुलका कार्यक्रमा स्कुल गाउने अवसरहरु पनि पाए उनले। स्कुलमा पनि साथीहरुले पछि गायक बन्ने आर्शिवाद दिन्थे। यसरी नै गीतसंगीत प्रति झन गहिरो प्रेम बस्न थाल्यो उनको।  

भविष्यमा उनलाई डाक्टर बनाउने सपना देखेका थिए बुबाले। तर स्कुलदेखि नै संगीतमा उनको नशा लागि सकेको थियो।  

‘घरमा डाक्टर बन्नु पर्छ भन्नुहुन्थ्यो’, उनी भन्छन्, ‘साथीहरु डाक्टर, पाइलट, इन्जिनियर भएका छन्। मलाई संगीतले समात्यो। त्यसैले संगीत भन्दा बाहिर जान सकिन। मलाई कुनै पश्चाताप छैन। संगीतमै रमाइरहेको छु।’  

‘उकालीमा पनि हजुर मोटर जादो रैछ ’ गीतलाई विनोदले ‘रेकमेक’ गरे। यो र्याप शैलीको गीतलाई धेरैले रुचाए। ‘बाजेको गितार’दर्जनौं चलचित्रको गीतमा ‘प्लेब्यक’ आवाज दिएका छन्। कन्सर्टमा लखौं दर्शक नचाई सकेका छन्

उनले ‘रक’ गीतमा आफूलाई चिनारी दिइरहेका छन्। ‘रक गीत धेरैले बुझ्न सक्दैनन। तर यसको मिठास छ’, उनी भन्छन्, ‘नेपालमा आफ्नै खालको माग छ। यसले मानिसलाई रम्न पनि सिकाउँछ । त्यसैले त आफै पनि रमाईरहको छु।’  

मानिसलाई सपनाले पछ्याउँदैन। तर, सपनालाई मानिसले पछ्याउनु पर्छ। विनोदको जीवनमा पनि त्यस्तै भयो। बालखैमा गायक बन्ने सपना पछ्याए। संगीतप्रतिको लगावले उनलाई धादिङको गाउँदेखि रक म्युजिकसम्म ल्यायो।  

उनको विचारमा जीवन नै संगीत हो, संगीत नै जीवन हो। संगीतका तालमा जीवनका लयहरु गाइरहने उनी बताउँछन्।  

‘श्रोता दर्शकको माया पाइरहेको छु। अझै राम्रो गर्ने कासेसी गर्दै छु। जीवनमा संगीत भन्दा विकल्प सोचेको छैन्।’

भिडियो हेर्नुस् 

 

प्रकाशित: २४ पुस २०७७ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App