५ पुस २०८१ शुक्रबार
image/svg+xml

निर्मम बहसको खाँचो

नेपाली कांग्रेस विधि र विधानभन्दा भीड अनि दबाबबाट निर्देशित हुन थालेको छ। पार्टी संगठन नेतृत्वको योजना र कार्यक्रमका आधारमा होइन, सडकको दबाबबाट निर्णय गर्न बाध्य हुँदै छ। घुर्की र धम्कीका भरमा पार्टी नेतृत्वले निर्णय लिनुपर्ने अवस्थाको विकास गरिँदै छ। यसो गरिरहँदा एकथरीले पार्टी नेतृत्वलाई झुकाउन सफल भएको ठान्ने गरेको छ। तर यथार्थमा पार्टी पद्धतिलाई ‘लिकआउट’ गरेर पार्टीलाई कमजोर बनाउने खेलमा सामेल भइराखेको छु भनेर गर्नेहरूले नै बुझिरहेका छैनन्। अथवा, बुझ्न चाहेका छैनन्।

नौ सय किशोरीले आज रेडियो बहस गर्ने

सातौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ मा देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन्।

मृत्युदण्डको गलत बहस

आश्चर्यजनक ढंगले मृत्युदण्डको बहस आरम्भ भएको छ । लोकतन्त्रमा विश्वास गर्नेहरूले समेत भावनामा बहेर मृत्युदण्डको व्यवस्थागर्न माग गर्नुले समाजको चिन्तनस्तरलाई उदांग पारेको छ । अहिले जनधनको सुरक्षाको प्रमुख जिम्मेवारी लिएर बसेका गृहमन्त्रीले नै मृत्युदण्डका पक्षमा आफ्नो अभिमत प्रकट गरेपछि यो विषय गम्भीर हुन पुगेको छ।

प्रदेशको राजधानी र नामको बहस तात्यो

हिजोको सुदुरपश्चिमलाई नै अखण्ड राखेर प्रदेश बनाउने कि तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर टुक्र्याएर छुट्टै थरूहट राज्य बनाउने भनेर भएको लामो संघर्ष र घम्साघम्सीबीच पहाड, तराई र हिमालको भूभागसहितको ९ जिल्ला रहेको प्रदेश ७ बनाइयो।

सुन तस्करी पूरक अभियोगमा थुनछेक बहस

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप सातजनाविरुद्ध दर्ता भएको पूरक अभियोगमा थुनछेक बहस सुरु भएको छ।

प्रदेशमा नयाँ विश्वविद्यालयको बहस सुरू

नेपालको संविधानको अनुसूची ६ मा प्रदेशका एकल अधिकारका सूचीहरुको व्यवस्था गरिएको छ। संविधानले प्रदेशलाई दिएको अधिकारको सूचीमा रहेको प्रदेश विश्वविद्यालयको स्थापनाको विषयमा प्रदेशमा बहस थालनी भएको छ।

कांग्रेसमा नेतृत्वबारे बहस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयले कांग्रेसभित्र नयाँ नेतृत्व बहस सुरु भएको छ।

ऊर्जा प्रवर्द्धनमा अपुरो बहस

नेपालमा विभिन्न तहमा हुने ऊर्जा बहस जलविद्युतमार्फत उत्पादन हुने विद्युतको परिधिमै रहेर हुने गरेको छ । समग्रमा भन्नुपर्दा नेपालमा ठूला जलविद्युत् योजना, काम कारबाही नै ऊर्जा क्षेत्रको प्रतिनिधित्व हुने गरेको छ ।

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ। ‘१९औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो।

अन्तर्देशीय जलमार्गको बहस

नेपाल–भारतको बीचमा अन्तर्देशीय र आन्तरिक जल यातायातको विकास गरिने प्रसंग अहिले चर्चामा आएको छ। नेपाली भूमिमा कोशी र गण्डकी नदीहरूमा र भारत प्रवेशपछि गंगा नदीमा जल यातायात विस्तार गरी मानिस र सामानहरूको आवागमन वृद्धि गरिने लक्ष्य आफैँमा उत्साहजनक छ। यो सम्भावना उजागर हुन सकेको खण्डमा हिमाली मुलुक नेपाललाई भारतको पश्चिम बंगालसँग पारवहन सुविधा प्राप्त हुनेछ।

सुन तस्करी प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्।

प्रतिवादीतर्फको बहस सुरु

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादीतर्फका वकिलहरूले बहस आइतबार सुरू गरेका छन्। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, रमन श्रेष्ठ, शम्भु थापा र राजु बस्नेतले बहस गरे। प्रतिवादीका तर्फबाट बहस गर्ने वकिलहरूले साढे ३३ किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालत मोरङको क्षेत्राधिकार भित्र नभएको दाबी गरे।

बयान सकियो, भोलि बहस

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ३० जनाको बयान मंगलबार सकिएकाले बिहीबारदेखि बहस सुरु हुने भएको छ । गत साताको बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो । सुन तस्करी तथा शाक्य हत्या प्रकरणमा मुद्दा चलाइएका ६३ जनामध्ये ३० जना पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले उनीहरूसँग बयान लिएको हो।

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

साँढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या  प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ। गत बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो।

‘अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै‌ँ’

दोस्रो पटक प्रधानमन्त्री भएपछी गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओली दिनभर उद्घाटन शिलान्यसमा ब्यस्त रहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्