२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ। पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन्। एशोसिएशनको ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

पेट्रोलियम ऐन बनाउने तयारी

वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ।

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।

१९ दिनमै तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगम भन्छ: हामीलाई अझै घाटा छ

नेपाल आयल निगमलेफेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमले विज्ञप्ति जारी गरेर सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल,मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो।

'जनता मार्न पाइँदैन, मूल्य वृद्धि चाहिँदैन'

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। नेपाल आयल नियगले एक साता नबित्दै दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थमा अचाक्ली करः खरिद मूल्यभन्दा कर धेरै

हरेक वस्तुको खरिद मूल्यमा राज्यले निश्चित प्रतिशत कर लिन्छ। त्यसमा व्यवस्थापन खर्च र केही प्रतिशत नाफा राखेर वस्तुको बिक्री गरिन्छ। तर यहाँ सुन्दा अचम्म लाग्न सक्छ। सरकारले पेट्रोलमा खरिद मूल्यभन्दा धेरै कर लिने गरेको छ। यसले गर्दा उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्।

एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल नियगले एक साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्याे

नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्‍यो।

अर्ब लगानीमा पेट्रोलियम तालिम केन्द्र

पेट्रोलियम प्रविधि तालिम लिन इन्डियन आयल कर्पोरेसन (आइओसी) जानुपर्ने बाध्यता अन्त्य गर्न नेपाल आयल निगमले अत्याधुनिक पेट्रोलियम तालिम केन्द्र निर्माण गर्ने भएको छ।

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुनेगरी निगाले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोलियम व्यवसायको चेतवानी: कमिसन नबढाए मूल्य बढाएर बेच्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गरेबापतको कमिसन चार वर्षदेखि नबढाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै पेट्रोलियम व्यवसायीले आफैं मूल्य बढाएर इन्धन बिक्री गर्ने घोषणा गरेका छन्।

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात

नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्