coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

सांकेतिक तस्वीर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुनेगरी निगाले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। निगमकाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। 

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ कायम भएकाे छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ।  

हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जनाएकाे छ।

प्रकाशित: ५ माघ २०७७ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App