जनगुनासो बढेपछि कपिलवस्तुका पाँच वटा पेट्रोल पम्पमा अनुगमन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा कपिलवस्तु नगरपालिका भित्र रहेका ४ र सुद्धोदन गाउँपालिकाको लबनीमा रहेको एकसहित पाँचवटा पेट्रोल पम्पको अनुगमन गरिएको हो। कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गजेन्द्र नेपालीको अगुवाईमा मन्त्रालय, आयल निगम, घरेलु तथा साना उद्योग कार्यालय प्रहरीको संयुक्त अनुमगन टोलीले पेट्रोल पम्पको अनुगमन गरेको हो।
तौलिहवाको पुरानोहाट बजार, बर्धाहवा, डंगरी, बैदौली र लवनीमा रहेका पेट्रोल पम्पको अनुमगन गरिएको सहायक प्रजिअ नेपालीले बताए। पेट्रोल पम्पमा रहेको डिजल र पेट्रोलको शुद्धता तथा नापजाँच, दर्ता नबिकरण, बिललगायतका कुराहरुको अनुमगन गरिएको बरिष्ठ निरीक्षक मनोजकुमार पोख्रेलले बताए। आयल गिमन भलवारीका प्रबन्धक सुर्यराज शर्माले जनगुनासो बढेपछि पेट्रोल पम्पको अनुमगन गरिएको बताए।
पेट्रोल पम्पको अनुमगन गर्दा कैफियत भने नभेटिएको उनले बताए। उनले अनुगमनलाई भने निरन्तरता दिइने पनि बताए। अनुगमन टोलीमा बरिष्ठ सहयाक केशव गौतम, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालिदास बस्याललगायतलको टोली रहेको थियो।
प्रकाशित: १४ माघ २०७७ ०७:५१ बुधबार