२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पेट्रोल पाइपले पौने दुई अर्ब बचत

नेपाल आयल निगमले पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ। निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरेपछि एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको हो।

नियम विपरित काम गर्ने दुई पेट्रोल पम्प सिल

कपिलवस्तु नगरपालिकाको २ वटा पेट्रोल पम्म सिल गरिएको छ। नियम विपरित काम गरेको भन्दै कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प तथा वडा नम्बर नं. ५ डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्प सिल गरिएको हो।

थप सवा दुई अर्ब लिन इण्डियन आयलको दबाब

आइओसीले नेपालमा युरो–६ मापदण्डको तेल पठाउँदा लागत बढेको दाबी गर्दै लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) मूल्य बढाएर सूची पठाएको छ। यसअनुसार भुक्तानी दिने हो भने नेपालले वार्षिक सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी दिनुपर्ने हुन्छ।

निगमले पम्प खोल्न ५८ स्थानीय तहसँग जग्गा माग्यो

–निजी क्षेत्रको व्यापार खोस्न होइन। बजारमा उपस्थिति जनाएर मोडल पम्प बनाएर सेवा दिन पम्प निर्माण गर्न लागिएको हो। सुरेन्द्र कुमार पौडेल, कार्यकारी निर्देशक, नेपाल आयल निगम

पेट्रोलमा मिसावट गर्ने दुई ट्यांकर चालक पक्राउ

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट पेट्रोल ढुवानी गर्दा मट्टितेल सहित अन्य केमिकल मिसावट गर्ने दुई ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पाइपबाट आधा अर्ब लिटर डिजेल आयात

पाइपबाट ल्याउन थालेपछि परिमाण र गुणस्तर सुनिश्चित भएको, ढुवानी भाडा र समय बचेको तथा प्राविधिक नोक्सानी र चुहावट रोकिएको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि व्यवहारिक छ : निगम

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दशदिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले 'अटो प्राईसिङ’ भन्दपनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको धर्ना

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। लकडाउनका कारण दैनिक गतिविधि ठप्प भएर जनतालाई दैनिकी चलाउन समेत समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।

१० दिनमै पेट्रोल, डिजेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि

नेपाल आयल निगमले १० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य वृद्धिभएर आयत भएसंगै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिन अघि पेट्रोलको मूल्य लिटरमा ५ र डिजेलमा २ रुपैयाँले बढेको थियाे ।

आयल निगमले पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ बढायाे

सवारी साधनकाे चाँपबढे संगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

तेलको माग ह्वात्तै बढ्यो

मुलुकमा आर्थिक क्रियाकलाप बढ्न थालेपछि पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ । बन्दाबन्दी (लकडाउन)ले इन्धन कारोबार घटेर १५ प्रतिशतमा खुम्चिएकोमा आर्थिक गतिविधि बढेसँगै माग बढेर ७० प्रतिशत पुगेको छ ।

पम्प मजदुरहरुको कोरोना परीक्षण गर्न माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायी र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुर, चालक तथा सहचालकको कोरोना परीक्षणको बन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्