२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेल लिटरमा एक रुपैयाँ भाउ बढाएको हो।  

मूल्य बढाएपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ र पेट्रोलको मूल्य लिटरको एक सय पाँच रुपैयाँ कायम गरिएको छ। यो मूल्य निगमको थानकोट डिपोबाट १५ किलोमिटर आसपासका क्षेत्रका लागि हो। बढेको मूल्य आइतबार राति १२ बजेटबाट कार्यान्वयमा आउने छ। 

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट अगष्ट १६ मा प्राप्त मूल्य अनुसार समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। 

मूल्य वृद्धि गरे पनि नेपालतर्फ इन्धन सस्तो भएको निगमको दाबी छ। वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा सस्तो र डिजेल ३७ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ।

प्रकाशित: ३२ श्रावण २०७७ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App