९ माघ २०७८ आइतबार

व्यापार घाटा घटाउने उपाय

पाँच वर्षयता उद्योगको वृद्धि दर ३ प्रतिशतभन्दा कम छ। न्यून उत्पादन, दैेनिक उपभोगदेखि विलासितासम्मका वस्तु र रेमिट्यान्सले बढाएको उपभोगका कारण व्यापार घाटा चुलिँदै गएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा आयल निगम रहने की नरहने भन्ने पहिलो विषय

उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए।

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन्।

आत्मनिर्भरताको बाटोमा अलमल

हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।

पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनकाे माग

६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्।

मूल्यवृद्धिविरुद्ध सडकमा उत्रेका विप्लव कार्यकर्ता पक्राउ

नेपाल बन्द आह्वान गरेको विप्लव समूहका कार्यकर्ताहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल बन्द गराउने ११ पक्राउ

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध भक्तपुरमा प्रदर्शन

प्रदर्शनमा युवा, विद्यार्थीमात्र नभएर विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको पनि सहभागिता थियो।

अचाक्ली महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

निगमले प्रतिलिटर ८२ रूपैयाँमा किनेको डिजेलमा ४० रूपैयाँ ४१ पैसा, ७७ रूपैयाँ ९ पैसाको मटितेलमा १८ रूपैयाँ २७ पैसा, ८३ रूपैयाँ ४७ पैसाको पेट्रोलमा ५७ रूपैयाँ ७३ पैसा, ७७ रूपैयाँ ३४ पैसाको हवाई इन्धनमा १६ रूपैयाँ १० पैसा र १६ सय १४ रूपैयाँको ग्यास सिलिन्डरमा दुई सय ७८ रूपैयाँ ८६ पैसा कर लगाएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

“ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।

मूल्यवृद्धि विरुद्ध विद्यार्थी सडकमा,भनेः नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं

‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

मूल्य फिर्ता नलिए निगमका पदाधिकारीहरुलाई कालोमोसो दल्ने चेतावनी

प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्