२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अर्थ

लगातार सातौं कारोबार दिन नेप्सेमा सुधार, कारोबार रकममा पनि वृद्धि

दशैँ अघिको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ८.२३ अंक बढेर २६३४.१७ विन्दुमा पुगेको छ। नेप्सेमा यो लगातार सातौं कारोबार दिनको वृद्धि हो। सेन्सेटिभ इण्डेक्स १.९७ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।

कारोबार रकम पनि बिहीबारको तुलनामा १७ करोडले बढेको छ। शुक्रबार ३४८ स्टकको ३९ हजार २९५ पटकको कारोबारमा ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो बिहीबार ४ अर्ब ७१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.८२ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य साढे १२ प्रतिशत र शुभम पावरको साढे ८ प्रतिशतले वृद्धि भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको घलेम्दी हाइड्रोको २० करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड र ग्रीन भेन्चर्सको साढे १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  

१३ उपसमूहमध्ये शुक्रबार ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। आज बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। 

प्रकाशित: ३० आश्विन २०८३ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App