१ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

बाढीमा बेपत्ता भएकाको विवरण बुझाउन पाँच दिनको समय

फाइल तस्बिर

परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा-भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ।

बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो।

गाउँपालिकाले बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्यले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने जनाएको छ। निवेदनमा बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेरसँगै बाढीमा परेका अन्य व्यक्तिको विवरण, नाता प्रमाणित हुने कागजात तथा बाढीमा बेपत्ता भएको व्यहोरा खुल्ने स्वघोषणा समावेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले बताएका छन्।

गाउँपालिकाका अनुसार बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्य नभएको अवस्थामा सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा व्यक्ति बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ। रासस

प्रकाशित: १ कार्तिक २०८३ २२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App