coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१० दिनमै पेट्रोल, डिजेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि

नेपाल आयल निगमले १० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य वृद्धि भएर आयत भएसंगै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिन अघि पेट्रोलको मूल्य लिटरमा ५ र डिजेलमा २ रुपैयाँले बढेको थियाे । 

अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ  भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

प्रकाशित: २६ असार २०७७ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App