१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आयल निगमले पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ बढायाे

सवारी साधनकाे चाँपबढे संगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको  निगमले जानकारी दिएको छ ।

प्रकाशित: १६ असार २०७७ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App