२० आश्विन २०८१ आइतबार
image/svg+xml

बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आई २०७८ चैत मसान्तमा रु ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकोमा गत चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई रु नौ अर्ब ६१ करोड कायम भएको छ।

यो वर्ष २१ खर्बको आयात हुँदै

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रहेको बताएका छन्।

गभर्नरको मुद्दामा आज सुनुवाइ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। सर्वोच्च अदालतमा सुनुवाइ नसकिएका कारण आज (शुक्रबार) सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा रहेको हो।

विदेशी विनिमय सञ्चितिको चाप केही समय अझै रहन्छ: गभर्नर अधिकारी

विश्वका विभिन्न मुलुकले प्रयोगमा ल्याएको डिजिटल करेन्सी नेपालमा पनि जारी हुने भएको छ।

राष्ट्र बैंकको कदमले पनि घटाउन सकेन आयात

चालु आवको नौ महिनामा १४ खर्ब ४४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। मुलुकको व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। गत आवको १२ महिनामा व्यापार घाटा १३ खर्ब ९९ अर्ब रूपैयाँ थियो। चालु आवको नौ महिना गत वर्षको हाराहारीमा पुगेको छ। अहिले मासिक करिब डेढ खर्ब रूपैयाँको वस्तु आयात भैरहेको छ।

अर्थमन्त्री शर्मामाथि नैतिक जिम्मेवारी

राष्ट्र बैंकमाथि समेत हस्तक्षेप बढाउन अर्थमन्त्री शर्माले गभर्नर अधिकारीमाथि आक्रमण गरेका हुन् भन्ने पुष्टि भएको छ।

कुनै पूर्वाग्रह नराखी काम गर्छु: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।

गभर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्कायो

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्दै बुधबारदेखि काममा फर्कन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यो आदेशसँगै गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले बनाएको समिति तत्कालका लागि अर्थहीन बन्न पुगेको छ। सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका थिए।

एक लाख एनआरएनले नेपाली बैंकमा खाता खोलिदिनुस्, तरलताको अभाव हुन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन्।

शतप्रतिशत बढ्यो महँगी

गत वर्षको तुलनामा मूल्यवृद्धि शतप्रतिशतभन्दा बढी रहेको छ। गत वर्ष फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.०३ प्रतिशत रहेकामा यो वर्ष सोही अवधिमा बढेर ७.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष कोभिडका कारण वस्तुको खपत कम थियो। मूल्यवृद्धि नियन्त्रणमा थियो।

‘अर्थतन्त्र बिग्रिनुमा गभर्नर दोषी’

अर्थतन्त्र चलायमान भएको, उद्योगधन्दा चलेको, पर्यटन क्षेत्र चलायन हुनेक्रममा रहेको, रेमिटेन्स आगमन वृद्धि भएको, राजस्व लक्ष्यअनुसार उठेको, ऋण प्रवाह भएको, बजेट खर्च भएकाले अर्थतन्त्रका सूचक चिन्ताजनक छैनन्। –जनार्दन शर्मा, अर्थमन्त्री

तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।

गभर्नर निलम्बनको सर्वत्र आलोचना

अर्थशास्त्री केशव आचार्यले पनि सरकारको निर्णयप्रति तिखो आलोचना गर्दै यसले झनै अस्थिरता निम्त्याउने काम गरेको बताए।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्‍यो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

अर्थमन्त्रीको कोपभाजनमा गभर्नर

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई सरकारी सूचना चुहाएको गम्भीर आरोप लगाउँदै त्यसको जाँचबुझ गर्न समिति गठनको निर्णय गरेको थियो। त्यसअनुसार शुक्रबार समिति गठन भएपछि गभर्नर अधिकारी निलम्बनमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्